निर्वाचन आयोगलाई दवाव दिंदै ४ वाम युवा-विद्यार्थी

113 Hits

काठमाडौं, १७ पुस ।
नेकपा एमाले र माओवादी केन्द्रका भातृ संगठनहरुले समानुपातिकको नतिजा छिटो घोष्णा गर्न, राष्ट्रिय सभा चुनाव छिटो गर्न तथा सरकार गठनको मार्ग प्रसस्त गर्न निर्वाचन आयोगलाई दवाव दिने भएका छन् ।

एमाले र माओवादी केन्द्र सम्वद्ध युवासंघ, वाई सि एल, अनेरास्ववियू र अखिल क्रान्तिकारीले संयुक्त रुपमा निर्वाचन आयोगलाई दवाव दिन लागेको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिएका छन् ।
बस्नेतले सोमबार दिउसो १ बजे प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवलाई भेटेर ज्ञापनपत्र दिने कार्यक्रम तय भएको बताए ।
उनले पहिलो चरणमा ज्ञापनपत्र दिने र त्यबाट आयोगले लिने निर्णय र तदारकतालाई हेरेर थप संघर्षमा जान सकिने बताए ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएको एक महिना वितिसक्दा पनि परिणाम सावर्जनीक नभएपछि उनीहरुले दवाव दिन लागेका हुन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी