कहाँ अड्किएको छ एमाले माओवादी एकता ? यस्ता छन ६ वटा विकल्प

199 Hits

काठमाडौं, १७ पुस ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अघि नै पार्टी एकता गर्ने गरी चुनवाी गठबन्धनमा होमीएका ठूला २ कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र निर्वाचन सम्पन्न भएको १ महिना वितिसक्दा पनि एकताको प्रक्रियामा आधिकारीक रुपमा प्रवेश गर्न सकेका छैनन् । मतदाताले बाम गठबन्धन र एकतालाई अनुमोदन गरिसकेको बताउँदै आएका एमाले र माओवादीका नेताहरु एक अर्कामा आरोप र आशंका गर्न थालेका छन् । एकता कसरी गर्ने, के मोडालिटिमा गर्ने, कसले नेतृत्व गर्ने, पार्टी र सरकारको नेतृत्वलाइ कसरी भागबण्डा गर्ने लगायतका विषयमा कुनै निश्कर्ष निस्कन सकेको छैन ।

हिजोसम्म आउँदा एमाले र माओवादीबीचको एकता प्रक्रिया एकीकृत पार्टीको नेतृत्वको एजेडामा मा अड्किएको देखिएको छ । राष्ट्रिय सभा निर्वाचनका कारण प्रक्रिया लम्बिँदै गएपछि वाम गठबन्धनका प्रमुख नेता केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड प्रचण्डबीच नयाँ सरकार गठनअगावै एकता टुंग्याउने गरी नियमित छलफल चलिरहेको बताइएको छ । तर, दुई नेताबीचको छलफल एकीकृत पार्टीको नेतृत्वमा अड्किएको बुझुन सकिन्छ ।
एमाले रमाओवादी बीच सरकार र पाटीृको नेतृत्व एक एक जनाले गर्ने विषयमा निर्वाचन अघि नै सहमति भएको थियो । जेन्टलमेन्ट एग्रीमेन्ट भन्दै उत्त विषयमा सहमतिमा केही उल्लेख नगरेपनि सरकारको नेतृत्व के पी ओली र पार्टीको नेतृत्व माओवादी अध्यक्ष प्रचण्डले गर्ने विषय निर्वाचन अघि नै टुंग्याइएको थियो ।

एमाले अध्यक्ष ओली सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री बन्ने भएकाले एकीकृत पार्टीको नेतृत्वमा माओवादीले आफ्नो दाबी प्रस्तुत गरिरहेको छ । तर, एमालेले भने महाधिवेशनअगावै त्यसरी जाँदा विधान र पद्धति कमजोर हुने भन्दै दुवै पार्टी प्रमुख बन्ने मोडलमा सहमति खोज्नुपर्नेमा जोड दिएको छ ।

यस्ता छन ६ वटा विकल्पमा एकता प्रस्ताव

१. ओली प्रधानमन्त्री प्रचण्डमात्रै अध्यक्ष
एमाले र माओवादी नेताहरुबीच विभिन्न मोडालिटिमा छलफल भएपनि एमाले पक्षकै कारण हालसम्म सहमति बन्न नसकेको माओवादी नेताहरुको बुझाई छ ।
एमाले र माओवादीबीच पहिलो विकल्प प्रधानमन्त्री केपी ओली र पार्टी अध्यक्ष प्रचण्ड बन्ने मोडालिटिमा छलफल चल्यो । प्रचण्डलाई मात्रै अध्यक्ष पद दिन एमाले तयार देखिएन ।

२. ओली र प्रचण्ड दुबै अध्यक्ष, सरकार ओलीको, पार्टी प्रचण्डको नेतृत्वमा
यो विकल्पमा पनि एमाले तयार भएन ।

३. दुबै अध्यक्ष नरहने, दुबैलाई संयोजक मानेर महाधिवेशन आयोजक समिति निर्माण गर्ने
यो विकल्पमा छलफल जारी छ तर एमाले पक्षले ओलीलाई नै अध्यक्ष हुनुपर्ने अडान राखेको छ ।

४. ओली अध्यक्ष प्रचण्ड सहअध्यक्ष
यो विकल्प एमालेबाट प्रस्तुत भएको तर माओवादीले समान हैसियत नहुँदा एकता भन्न नसकिने बताएपछि अगाडि नबढेको

५. दुई वर्ष एउटा प्रधानमन्त्री अर्को अध्यक्ष, त्यसपछि पालो गर्ने ।
यो विकल्प पनि छलफलमा छ तर एमाले पक्षले प्रचण्डलाई पहिलो अध्यक्ष दिन नमान्दा समस्या

६. एमालेको नेतृत्मा सरकार, माओवादीको समर्थन

यो विकल्प माओवादीले प्रूतुत गरेको हो । एमालेले प्रचण्डलाई अध्यक्ष मान्न तयार नभएपछि तत्काल पार्टी एकता हुन नसक्ने तर सरकार बाम गठबन्धनकै बनाउनुपर्ने म्यान्डेट जनताको भएकाले एमालेलाई सहयोग गर्ने तर एकता प्रक्रिया छलफलमा राखेर अगाडि वढाउने ।

स्रोतका अनुसार एमालेले ओली अध्यक्ष र प्रचण्ड सहअध्यक्ष रहने या दुवै महाधिवेशन आयोजक समितिको संयोजक रहने गरी सहमतिमा पुग्न सकिने विकल्प प्रस्तुत गरेको छ । केन्द्रमा दुवै पार्टीका शीर्ष नेताहरू रहेको महाधिवेशन तयारी सचिवालय बनाएर ६०/४० कै अनुपातमा दुवै पार्टीको केन्द्रीय समिति मिलाएर महाधिवेशन आयोजक समिति बनाएर जान सकिने प्रस्ताव गरेको छ । ओलीनिकट नेताहरू शंकर पोखरेलले महाधिवेशनअघिको संक्रमणकालीन चरणमा दुवैलाई पार्टी प्रमुख मानेर जान सकिने विकल्प बहसका रूपमा अघि सारिसकेका छन् ।

दुवै पार्टीबाट तीन सयदेखि ३५० जनासम्मको तयारी समिति बनाएर जान सकिने एमालेको विकल्प छ । त्यस्तै, महाधिवेशन तयारीका सन्दर्भमा दस्ताबेज लेखन समिति, मातहत कमिटी र भ्रातृ संगठन एकीकरण टुंग्याउने गरी सांगठनिक एकता तयारी समितिलगायत समिति बनाएर जान सकिने विकल्पमा पनि छलफल चलिरहेको दुवै पार्टीका नेताहरूको दाबी छ ।

मुख्य चुनौती : शीर्ष नेताको व्यवस्थापन
एकतामा शीर्ष नेताहरूको व्यवस्थापन मुख्य चुनौती देखिएको छ । पार्टी प्रमुख भइसकेका एमाले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा एमाले वरिष्ठ उपाध्यक्ष वामदेव गौतम र माओवादी वरिष्ठ नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल केन्द्रित रहेको स्रोतले जनाएको छ । ओली र प्रचण्डबीचको छलफलमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई निरन्तरता दिने कि नदिने विषयले समेत प्रवेश पाएको छ । एमाले नेता खनालले राष्ट्रपतिमा इच्छा देखाए पनि नेपालले भने परिस्थितिले साथ दिए पुनः एकपटक एकीकृत पार्टीकोे नेतृत्व लिने आकांक्षा देखाएका छन् ।

उता, निर्वाचनमा पराजित गौतम र श्रेष्ठलाई कसरी व्यवस्थापन गर्ने चुनौतीबीच थापालाई भने राष्ट्रिय सभाको नेतृत्व दिन सकिने विकल्पमा समेत कुरा भइरहेको स्रोतको दाबी छ । तर, गौतम र श्रेष्ठले भने पुनः राष्ट्रिय सभामा सांसद बन्ने आकांक्षा देखाएका छैनन् । ओली र प्रचण्डबीच राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षलगायत महत्वपूर्ण पदहरू भागबन्डा गर्ने विषयमा समेत छलफल केन्द्रित रहेको स्रोतको भनाइ छ ।
सम्मानजक अवस्था नदेखिए एकता सहज नहुने प्रचण्डले निकटस्थ नेताहरूले बताउँदै आएका छन् । ‘प्रतिनिधिसभामा तेस्रो शक्तिका रूपमा सिट जित्नु राम्रै पोजिसन हो, एमाले सम्मानजनक एकताका लागि तयार नभए असहजता पैदा हुन पनि सक्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै उनीनिकट एक नेताले भने, ‘धेरैजसो प्रदेश सभामा माओवादी किङ मेकर नै छ, त्यसैले माओवादी लत्रिएर एकताका लागि हतारिहाल्नुपर्ने आवश्यकता छैन ।’

Loading...

Related News

कता हरायाे एकता चर्चा ? यस्तो छ एकता राेकिनुकाे कारण

अध्यक्षद्वय व्यस्त हुँदा पार्टी एकता अन्योलमा काठमाडौंँ,  १७ वैशाख – वाम दलका दुई अध्यक्षले छिट्टै पार्टी एकता गर्ने घोषणा गरे…

प्रचण्ड-ओली भेटले एकतामा ठोस प्रगति, मंगलबार नै मिति तोक्ने संभावना

काठमाडौं, २४ पुस । देशैभर चिसो वढेर शितलहर चलिरहेको बेला आइतबार भएको दुई शिर्ष नेताको भेटले एकाएक राजनीतिमा भने तापक्रम…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी