लमजुङमा बुहारीले दिइन् आफ्नै सासुआमालाई दागबत्ती,

136 Hits

लमजुङ, १६ पुस /
पुरानो रुढीवादी परम्परालाई तोड्दै लमजुङमा सम्भवतः पहिलोपटक बुहारीले आफ्नै सासुलाई दागबत्ती दिएका छन् ।
लमजुङको दोर्दी गाउँपालिका वडा नं. २ अर्चलबाट कुँवर गाउँ निवासी सोविता कुवँरले आफ्नो सासुआमालाई शुक्रबार दागबत्ती दिनुभएको हो । मृतकबुद्धिमाया कुँवरको एक मात्र छोरा रहेको र उसको पनि यसअघि नै मृत्यु भइसकेकोले बुहारी सोविताले नै दागबत्ती दिई किरिया बस्नु भएको हो ।


अझैपनि हाम्रो समाजमा महिलाले मृत शरीरलाई नछुने परम्परा कायम रहँदै आएको छ, ‘सोविताले भन्नुभयो, ‘यो परम्परालाई तोड्न र आँट गरे महिलाहरु पनि सक्षम छन, गर्नसक्छन् भन्ने उदाहरण दिन आफूले दागबत्ती दिनुका साथै किरिया बसेको बताउनुभयो ।
अर्चलबोट निवासी  कुँवरको ७० वर्षको उमेरमा पुस १४ गते निधन भएको थियो । महिलाहरूले शवलाई नछुने, मलामी तथा चितासम्म जानु हुन्न भन्ने परम्परा कायम रहँदै आएको भएपनि अब त्यो अन्त्य भएको नागरिक समाजका अगुवा रामप्रसाद पौडेलले बताउनुभयो/

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी