कानुनी रुपमा न्याय खोज्नु राजनीतिक रुपमा आममाफी दिनु होईन – मोहना अन्सारी

142 Hits

 

लमजुङ, पुस १६
न्यायपूर्ण समाज निर्माणको पहिलो खुड्किलो मुलुकको राजनीति रहेको राष्ट्रिय मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले बताउनुभएको छ ।
राज्यद्धारा बेपत्ता पारिएका तेजबहादुर भण्डारी स्मरण तथा तेजबहादुर भण्डारी स्मृति खोज पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अन्सारीले यस्तो बताउनुभएको हो । कार्यक्रम नेपाल पत्रकार महासंघ लमजुङ र सामाजिक न्याय समिति लमजुङको आयोजनामा सञ्चान भएको हो ।
कार्यक्रममा बोल्दै उहाँले हरेक कुराको अन्त्य हने बताउँदै मुलुकमा द्धनद्धपीडितको अन्त्त देख्न नपाएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘मानव अधिकारमैत्री समाज निर्माणको पहिलो खुड्किलो राजीनित हो, यसलाई संस्थागत गर्ने देशको कानुन हो, हरेक कुराको अन्त्य हुन्छ तर मैले मुलुकमा द्धन्द्धपीडितको अन्त्य कैल्यै देख्न सकिन ।’

कानुनी रुपमा न्याय खोज्नु राजनीतिक रुपमा आममाफी दिनु होईन भन्दै उहाँले सत्य निरुपण तथा मेलमिलाप आयोगले प्राविधिक रुपमा कानुन प्राप्त गरी काम गर्न सकेको भए कोही निराशा बन्नुपर्ने स्थिती सिर्जना नहुने उल्लेख गर्नुभयो ।

द्धन्द्धको चपेटामा परेकालेले हिजो डरका कारण उजुरी दिन नसकेको पनि उहाँले बताउनुभयो । सत्य निरुपण तथा मेलमिलाप आयोग गठन भएपछि खुलेर उजुरी दिएको र उजुरीको संख्या बढेको उहाँको भनाई छ ।

यसका साथै उहाँच्ले साँढे ३ वर्षमा मानव अधिकार आयोगले द्धन्द्ध पीडित, नेपाल सरकार र अन्तर्राष्ट्रिय जगतमा आफ्नो ठोस उपस्थिती जनाएको बताउनुभयो । ‘नेपालमा सशक्त मानव अधिकार आयोग रहेको धेरैलाई महसुस भएको छ । केही तत्वहरुलाई भने आफ्नो दोकानहरु बन्द हुने चिन्ता रहेको छ,’ उहाँले भन्नुभयो ।
यसवर्ष तेजबहादुर भण्डारी स्मृति खोज पत्रकारिता पुरस्कारबाट कृष्ण अधिकारीलाई सम्मानित गरिएको छ ।
नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष आश गुरुङको अध्यक्षतामा सञ्चालित कार्यक्रममा बोल्दै सांसद धनन्जय दवाडी, वेसीसहर नपाका मेयर गुमानसिंह अर्याल नोपली कांग्रेसका सभापति भेषवहादुर पौडेल, मोआवदी केन्द्रका पोििलटव्यरो सदस्य मोहनहरि पौडेल, प्रजिअ युवराज मैनाली, पत्रकार महासंघका केन्द्रीय सदस्य नविनराज कुइँकेल लगायतले बोल्दै हिजो द्धन्द्धको समयमा लमजुङे पत्रकारले तटस्थ भएर कलम चलाएकोमा खुशी व्यक्त गरेका छन् ।

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी