कांग्रेसी युवा नेताले भने-‘डेट एक्स्पायर नेताले पद छाड’
काठमाडौं, १६ पुस ।
नेतृत्वको रणनीतिक असफलता र पुरानो कार्यशैलीबाट अब पार्टी नचल्ने भन्दै कांग्रेसका युवा नेताले पार्टीका पहिलो पुस्तालाई विश्राम लिन आग्रह गरेका छन् । उनीहरूले ७० वर्ष कटेका नेतालाई पार्टीबाट विश्राम लिएर अभिभावकको भूमिकामा बस्न आग्रह गरेका हुन् ।
निर्वाचनमा पार्टीले लज्जास्पद पराजय भोगेपछि युवा नेताले पार्टी नेतृत्व हस्तान्तरण माग गर्दै आएका छन् । नेविसंघ ३ नम्बर प्रदेश कार्यसमितिद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा युवा नेताहरू चन्द्र भण्डारी, गगन थापा, गुरुराज घिमिरे, प्रदीप पौडेल, उमेशजंग रायमाझीलगायतले पहिलो पुस्ताका नेतालाई ‘डेट एक्स्पायर’ औषधिका रूपमा चित्रण गर्दै नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेको आजको कान्तिपुरमा खवर छ ।
निर्वाचन परिणाम आएलगत्तै भण्डारीको संयोजनमा युवाको समूहले निर्वाचन समीक्षा र नेतृत्व हस्तान्तरण मुद्दा उठाउन विशेष महाधिवेशन माग गर्दै आएको छ । तर, पार्टी सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन होइन, केन्द्रीय कार्यसमिति बैठक मात्रै बोलाउने बताएका छन् । ‘नेपालीको एभरेज आयु ७० वर्ष छ । तर हाम्रा नेताको उमेर ७२र७४ पुगिसक्यो । आईसीयूमा पुगेको कांग्रेसलाई अब यी बूढा डाक्टरले शल्यक्रिया गर्न सक्दैनन्,’ भण्डारीले भने, ‘समयअनुसार चल्न नसक्ने यी नेतालाई अब बिदा गर्नुपर्छ ।’
पार्टीले लज्जास्पद पराजय भोग्दा पनि नेतृत्वमा होस नखुलेको भण्डारीले बताए । शुक्रबार नै समानुपातिक सदस्य छनोट गर्ने क्रममा पार्टी विधान र पद्धति मिचेर नेतृत्वले छोरीलाई दाइजो दिएजस्तो व्यवहार गरेको भन्दै उनले आपत्ति प्रकट गरे । ‘जसले आफ्नो इतिहास जोगाउन सकेन, त्यस्ता नेताबाट हामीले के आशा गर्ने रु’ भण्डारीले थपे, ‘समानुपातिक पद्धति दाइजो हो कि न्याय गर्नका लागि ल्याइएको हो रु’
युवा नेता गगन थापाले कांग्रेसको नवजागरणका लागि पहिलो पुस्ताले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताए । ‘यो नेतृत्वप्रति अनुदार होइन । पार्टीको पहिलो पुस्तालाई योभन्दा बढी भारी बोकाउनु उहाँहरूप्रति पनि अन्याय हो,’ थापाले भने, ‘अब विश्राम लिनुहोस् र अभिभावकको भूमिकामा बस्नुहोस् ।’ यसो भन्नुको अर्थ आफैंले पार्टी नेतृत्व गर्न पाउनुपर्ने दृष्टिकोण आफ्नो नरहेको थापाले प्रस्ट पारे । ‘५ वर्षपछि फेरि चुनाव आउँछ, त्यतिबेला कांग्रेसलाई पहिलो पार्टी बन्न थप १७ लाख मतदाता ल्याउनुपर्छ,’ उनले भने, ‘हामीलाई पदाधिकारी र नेतृत्व केही चाहिएको छैन । क्रियाशील सदस्यता भएरै काम गर्न तयार छौं । तर तपाईंहरू ९पार्टी नेतृत्वमा रहेको पहिलो पुस्ता० अभिभावक भएर बस्ने हो कि होइन रु’ उनीहरूले निर्वाचनमा पार्टी पराजय हुनुमा सरकारले गरेको नकारात्मक काम बढी जिम्मेवार रहेको बताए ।