को को हुन् १६ भाग्यमानी पुर्वसांसद जो फेरी पनि बन्दैछन सांसद ?

170 Hits

काठमाडौं, १६ पुस ।

विभिन्न पार्टीका पूर्व सांसदहरु फेरि पनि समानुपातिक तर्फबाट सांसद बन्दैछन् । प्रदेश सभामा समानुपातिक तर्फको सांसदको लिष्ट निर्वाचन आयोगमा दलहरुले बुझाएसँगै यो तथ्यांक बाहिर आएको हो ।

एमालेबाट पूर्वसांसदहरू उषाकला राई, यशोधा अधिकारी र शान्ति थिङ समानुपातिकतर्पबाट प्रदेश सभा सदस्य बन्दै छन् । त्यसैगरी कांग्रेसबाट शिवचन्द्र चौधरी सरस्वती चौधरी र प्रमिलादेवी दास पनि समानुपातिकबाट संसाद बन्दैछन् । शिवचन्द्र चौधरी यसअघि मालेबाट सांसद रहेका थिए पछि कांग्रेस प्रवेश गरी प्रदेशको सांसद बन्ने भएका हुन् ।
यसअघि दोस्रो संविधानसभामा मनोनीत २६ भित्र परेकी गीता वाग्ले र अखण्ड नेपाल पार्टीबाट कांग्रेस प्रवेश गरेका पूर्वसांसद कुमार खड्का पनि कांग्रेसबाटै प्रदेश सांसद बन्दैछन् ।

माओवादीबाट पूर्वसांसदहरू सीताकुमारी नेपाली, दामाकुमारी शर्मा र विमला केसी यस पटक प्रदेश सांसद बन्दैछन् ।

त्यसैगरी राजपाबाट समानुपातिकतर्पm पूर्वसांसदद्वय डिम्पल झा र रामनरेश राय सांंसद बन्दैछन् भने संघिय समाजवादी फोरमले पूर्वसांसद करिमा वेगमलाई सांसद बनाउँदै छ ।

Loading...

Related News

प्रि बजेटमाथीकाे छलफल, कसले के भने ?

काठमाडौँ, ५ जेठ ।  प्रतिनिधिसभा, अर्थ समितिले मुलुकका विभिन्न भागमा पुगेर गरेको प्रि–बजेट छलफलमा आगामी बजेटले प्राथमिकता दिनुपर्ने क्षेत्रका सम्बन्धमा…

संघीय संसदकाे चाैथाे अधिवेशन अाजबाट : नीति कार्यक्रम देखि बजेटसम्म कार्यसूची

काठमाडौँ, १६ वैशाख । सङ्घीय संसद्को चौथो अधिवेशन सोमबारबाट सुरु हुँदैछ । मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी