गुरुंगलाई भुजुंगवासिको सम्मान
लमजुङ,१४ पुस
लमजुङ प्रदेश ९ख० बाट निर्वाचित एमाले सचिव एवं संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङलाई भुजुङबाट बेंसीसहर आएर बसोबास गर्दै आएका स्थानीयले भब्य स्वागत गरेका छन् ।
बाबा समूहका अध्यक्ष क्या। मिलबहादुर गुरुङ, आमा समूहकी अध्यक्ष्ँ कृष्णकुमारी गुरुङ, अगुवा रामबहादुर गुरुङ लगायतको नेतृत्वमा गरिएको कार्यक्रममा पूर्वमन्त्री समेत रहेका गुरुङलाई शुक्रबार भब्य स्वागत गरिएको हो । उहा“लाई भेडाको उनद्धारा निर्मित बख्खु ओढाएर सम्मान गरिएको थियो । स्वागत तथा सम्मान कार्यक्रममा उहा“ले जनताको मतलाई खेर जान नदिने बताउनुभयो । नागरिकले विकासका लागि भोट दिएको भन्दै भोटको गुण विकास गरेर तिर्ने उहा“ले बताउनुभयो ।
प्रदेश नं। ४ को मुख्यमन्त्रीको दावेदार समेत रहेको उनले छिट्ै प्रदेश सरकार बन्ने समेत बताउनुभयो । उहा“लाई मुख्यमन्त्री बन्न भुजुङका वासिन्दाले आशिर्वाद दिएका छन् । यस्तै, उहा“ले गुरुङ भाषालाई सरकारी कामकाजीको भाषामा ल्याउन सकिने बताउनुभएको छ । तमु संग्रहालयमा शुक्रबार आयोजना गरिएको तमू ल्होसारको कार्यक्रमलाई सम्बोधन गर्दै उहा“ले प्रदेश नं। ४ मा नेपाली भाषापछि गुरुङ भाषीको बाहुल्य रहेकाले यसलाई कामकाजमा ल्याउन सकिने बताउनुभयो । गुरुङ भाषासंगै मगर भाषालाई पनि सरकारी कामकाजीमा ल्याउन सकिने बताउनुभयो । संविधानले प्रदेशमा सवैभन्दा बढी बोलिने २ भाषालाई सरकारी कामकाजीका रुपमा प्रयोग गर्न सक्ने अधिकार दिएको उहा“ले उल्लेख गर्नुभयो ।
उहा“ले ७ वटा प्रदेशमध्ये सवै हिसावले प्रदेश नं। ४ अब्बल रहेको र समृद्धिको ढोका खोल्न सकिने बताउनुभयो । आर्थिक, सामाजिक, सा“स्कृतिक साथै जलविद्युत, पर्यटन, शिक्षा, स्वास्थ्य सवै हिसावले प्रदेश नं। ४ अब्बल रहेको उहा“ले बताउनुभयो । एक अर्को प्रशंमा उहा“ले सरकार निर्माणका लागि राष्ट्रिय सभा गठनको आवश्यक नरहेको बताउनुभयो । ०४८ सालमा कांग्रेसल बहुमत ल्याउ“दा पहिले सरकार बनेपछिमात्रै राष्ट्रिय सभा गठन भएको उहा“ले बताउनुभयो । लमजुङ प्रदेश सभा ‘ख’ बाट निर्वाचित उहा“लाई तमू ल्होसार कार्यक्रमको आयोजक संस्था तमु प्ये ल्हु संघले सम्मान पत्रले गुरुङलाई सम्मान गरिएको थियो ।