चुनवाङ्गमा जीवन्त अभिनय गर्ने दीपा बनिन् सांसद (हेर्नुहोस त्यतिबेलाको यो अपेरा..)

74 Hits

नेकमा माओवादी (केन्द्र)ले समानुपातिक तर्फबाट प्रदेश सांसद बनाएको ३५ जना मध्ये एक पात्र हुन् दीपा वि.क.। माओवादीको चर्चित चुनवाङ्ग बैठक पश्चात भएको साँस्कृतिक कार्यक्रममा देखाइएको अपेरा निक्कै चर्चित भएको थियो । जुन अपेरा हेर्दा माओवादी अध्यक्ष प्रचण्ड देखी सबै नेताहरुले आँशु थाम्न सकेका थिएनन् ।

दीपा एक साँकृतिककर्मी त थिइन् नै तर उनले त्यतिबेला अभिनय गरेको दृष्य नाटक मात्रै नभएर उनको जीवनमा पनि मेल खान्थ्यो । उनले आफ्नो जीवनसाथी गुमाएको भावविह्ल नाटक गरिरहँदा उनले बोकेको बच्चा पनि नाटक नभएर यथार्थ थिइन् ।

उनका श्रीमान चिरण जनमुक्ति सेनाका बटालियन कमाण्डर थिए । रुकुमको खारामा उनको शाहदत भएको थियो । माओवादीले चयन सांसद चयन गरेकी उनै चर्चित दीपाको त्यतिबेलाको भिडियो पनि हेर्न नभुल्नुहोला ।

एक पटक सबैले हेर्नै पर्ने ओपेरा नृत्य : "शहीद परिवारको सन्देश" तत्कालीन जनमुक्ति सेनाद्वारा रुकुम जिल्लाको खारा स्थित सतिपोलेमा खडा गरिएको शाही सेनाको बेस क्याम्पमाथी २०६१ चैत्र २५ गते पुनः दोस्रो आक्रमण गरिएको थियो । उक्त कार्वाहीका क्रममा उच्च शहादत्त प्राप्त गर्ने महान योद्धाहरु मध्ये एक हुनु हुन्थ्यो बागलुङ घर भइ तत्कालीन जनमुक्ति सेनामा कार्यरत बटालियन सह कमाण्डर क. चिरण ! उहाँको जीवन सङ्गिनी क. दिपाद्वारा (छोरी दिप्ती सहित) अभिनित "शहीद परिवारको सन्देश" नामक ओपेरा नृत्य… जुन २०६२ असोज २३ गते पार्टीको ऐतिहासिक चुनबाङ बैठकमा प्रस्तुत गरिएको थियो । उक्त हृदयबिदारक ओपेरा नृत्यको सम्पादन नगरिएको भाग, खारा मोर्चा लगायत जनयुद्धका सम्पूर्ण महान वीर शहीदहरु प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शहीद तथा बेपत्ता परिवारजनहरु, घाइते अपांग योद्धाहरु, जनमुक्ति सेना सहित सिङ्गो पार्टी पङ्ती, जनयुद्धलाई हिमपात अनि तुषारामा पनि कर्खेलिमा च्यापेर हुर्काउने आदरणीय क्रान्तिकारी जनसमुदायहरु साथै कला र गलाको माध्यमबाट क्रान्तिकारी जनसमुदायको लड्ने र जित्ने इच्छाशक्तिलाई निरन्तर अभिबृद्दी गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रीय जन कलाकारहरुको सम्मान तथा सम्झना स्वरूप हाम्रो पेजलाई हृदय देखि नै माया गर्नु हुने यहाँहरु सम्पूर्ण प्रति समर्पण गर्न चाहन्छौं । " जित्नै पर्छ … यो अन्तिम लडाइँ, तिमिले लडेर …"

Posted by एउटा नटुङ्गिएको यात्रा.हाम्रो Our One Incompleted Journey on Thursday, April 6, 2017

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी