नेपालको विकास र समृद्धिबारे बेल्जीयममा अन्तरक्रिया (भिडियोसहित)

148 Hits

बेल्जीयम , १२ पुस ।
नेपालबाट विभिन्न पेशा व्यवसायको सिलसिलामा युरोपमा रहेका नेपालीहरु र नेपाल सरकारका प्रतिनिधिहरुबीच महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गैर गैरआवासिय नेपाली संघ वेल्जीयमको आयोजनामा डिसेम्बर २६ मा सम्पन्न भएको उक्त अन्तरक्रियामा नेपालबाट युरोपमा बसोवास गरेर वसिरहेका गैरआवासिय नेपालीहरुलाई नेपालको विकास र समृद्धिमा कसरी सहभागि गराउने भन्ने विषयमा छलफल भएको थियो ।

गैर आवासिय नेपाली संघ बेल्जीयमका अध्यक्ष लोक प्रसाद दाहालको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रियामा बेल्जियम र युरोपका भिभिन्न देशबाट आउनु भयका गैरआवासिय नेपाली संघका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा नेपालको परराष्ट मन्त्रालयका सहसचिव कृष्ण प्रसाद ढकालको नेतृत्वमा रहेको उच्च स्तरिय प्रतिनिधिहरु संग अन्तरक्रिया गरियको थियो ।
कार्यक्रममा नेपालबाट उच्चस्तरिय सरकारी टोलीको नेतृत्व गर्नुभएका सहसचिव कृष्णप्रसाद ढकालले गैरआवासिय नेपाली संघले प्रशंसनिय काम गरेको बताए । उनले मुख्य गरेर एनआएनएले २ वटा काम गरेको बताए ।

उनले भने एनआएनएले संसारभरी छरीएर रहेका करिब ५० लाख नेपालीलाई एउटै छहारीमुनि ल्याउने काम गरेको छ, । उनले थपे-‘ संसारभरी छरीएर रहेका सक्रिय नेपालीहरुसँग आत्मीय र घनिष्ट सम्वन्ध कायम गर्न सफल भएको छ ।’

ढकालले अब नेपाल सरकारले गैरआवासिय नेपालीहरुसँग नेपालको विकास र समृद्धिमा साझेदारीको अपेक्षा गरेको बताए । उनले त्यसको महत्वपूर्ण सहयोग र सुरुवात पनि भइसकेको भन्दै खुशी व्यक्त गरे । उनले भने नवनिर्वाचित साथीहरुले इन्भेष्टमेन्ट फण्ड खडा गर्दे हुनुहुन्छ । यो हाम्रो लागि उत्साह र उमंगको विषय हो । सहसचिव ढकालले देशवासि जहाँ रहेपनि त्यो नै नेपाल भएको भन्दै संसारभरी जहाँ रहेपनि नेपालसँगको आत्मियता जोडिएर रहेकै पाएको बताए ।

कार्यक्रमा युरोपमा रहेका नेपालीहरुले भोगिरहेका समस्याहरु तथा समाधानका विषयमा वृहत छलफल गरिएको थियो । त्यसैगरी नेपालमा लगानिको सुरक्षित वातवरण निर्माण गर्न पनि सहभागिहरुले नेपाल सरकारलाई आग्ह गरेका थिए ।

कार्यक्रमको संचालन जिवन शर्माले गरेका थिए भने प्रथम उपाध्यक्ष गोविन्द सिंह अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
वेल्जीयमका लागि नेपाली राजदूत महामहिम लोकबहादुर थापा, गैरआवासिय नेपाली संघका उपाध्यक्ष कुलचन्द्र आचार्य, सचिव जानकी गुरुंग, महिला नेतृ रजनी प्रधान, शिवकुमार बडुवाल, केन्द्रीय सलाहाकार सुरेन्द्र श्रेष्ठ,  डेनमार्कका अध्यक्ष यमलाल सुवेदी, स्वीडेनका अध्यक्ष अर्जुन श्रेष्ठ, युरोप उपसंयोजक एकराज गिरीको आतिथ्यता रहेको कार्यक्रममा पत्रकार, विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु  युरोपभरबाट प्रतिनिधिहरु सहभागि रहेका थिए ।

NRN Belgium Interaction program

NRN Interaction program video part 1An interaction program between NRN & high level delegation team of foreign ministry of Nepal on 26 December 2017 at Hotel National in Antwerpen, Belgium. Part 1 video recorded. Part 2 was live broadcasted on 26 decembers. Already available on Facebook.बेल्जियम र यूरोपका गैर आवासीय नेपाली र परराष्ट मन्त्रालयका प्रतिनिधिहरु संग गैर आवासीय नेपाली संघ बेल्जियम द्वरा आयोजित अत्यन्तै रोचक र जानकारी मुलक कार्यक्रम|

Posted by Rajendra Rasaily on Wednesday, December 27, 2017

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी