यौनांग सफाई कसरी गर्ने ? डा. अचला बैद्यका टिप्सहरु (भिडियोे)

211 Hits

काठमाडौं, १४ पुस ।
पुरुषहरुको तुलनामा महिला र विशेष गरी युवतिहरुलाई यौनांग सम्वन्धी विभिन्न समस्याहरु देखा पर्ने गर्दछन् । पिसाव संक्रमण देखि यौनजन्य रोगहरु नियमित सरसफाईको अभावमा संक्रमण हुन्छन् । त्यसैले युवतिहरुले आफ्ना यौनांगहरुको सरसफाई कसरी गर्ने भन्नेबारे वरिष्ट स्त्रीरोग तथा यौनरोग विशेषज्ञ डा अचला बैद्यसँगको कुराकानी प्रस्तुत गरिएको छ ।  यो कुराकानी सान्दर्भीक र उपयोगी ठानेर स्वास्थ्य खबर भार गरिएको छ ।

  • पिसाव फेरेपछि वा दिसा गरेर धोएपछि चिसैमा कट्टु लगाउँदा पानीको संक्रमण हुन्छ । फंगल इन्फेक्सन हुन्छ, जसका कारण योनीमा दहीको छोकरा जस्तो सेतो वस्तु जम्मा भइरहेको हुन्छ । त्यसकारण प्रत्येक पल्ट ट्वाइलेट गएर पिसाव वा दिसा गरेर धोएपछि टिस्यु पेपरले पुछेर सुक्खा बनाएपछि मात्र भित्री कट्टु लगाऊनुपर्छ ।
  • देब्रे हातले दिसा धुने र दाहिने हातले अगाडिको भाग धुने गर्नुपर्छ । किनकि यो तरिका सधैं काम लाग्छ । जीवनभर नै यही तरिकाले सफाइ गर्ने हो । कट्टु पनि एकदम राम्रोसँग सुकेको हुनुपर्छ । अलिअलि सुकेकै छ, के हुन्छ र भन्दै चिसैमा लगाइलिने गल्ती कहिले गर्नु हुँदैन । बरु आइरन गरेर, हिटरमा सुकाएर तातो र सुक्खा बनाएर मात्र लगाइदिनुपर्छ ।
  • महिनावारी भएपछि सफाइ त गर्नैपर्छ । महिनावारी किशोरीका लागि फरक वातावरण हो । त्यो समयमा प्रयोग गरिने प्याड पनि सफा हुनुका साथै प्यान्टी पनि सफा हुनु आवश्यक छ ।
    त्यो समयमा पनि योनी सुक्खा राख्नुपर्छ । किनकि त्यस बेला रगत आउने भएकाले सफाइमा ध्यान दिइएन भने दोहोरो संक्रमण हुन हुन्छ ।
  • महिनावारी भएको बेला पिसाव फेरर प्याड लगाउनुअघि हामीले योनीलाई सुक्खा राख्न आवश्यक छ । त्यो बेला प्रयोग गरिने कपडाको प्याड छ भने त्यसलाई राम्ररी साबुनपानीले सफा गरेर, सकिन्छ भने डिटोल पानीमा डुवाएर घाममा राम्ररी सुकाएर मात्र लगाउनुपर्छ । किनकि हाम्रो समाजमा अहिले पनि त्यस्ता कपडा घाममा सुकाउन लाज माग्ने चलन छ । तर, त्यो कपडालाई हामीले निकै संवेदनशील अंगमा प्रयोग गर्ने भएकाले योनीमा संक्रमण भएमा त्यो सर्दै पाठेघरसम्म पुगेर समस्या विकराल बनाउन सक्छ ।
  • महिनावारी भएर अर्को महिना हुनेबीचको समयमा सेतोपानी बगेर कति महिला आत्तिएर आउँछन् । तर त्यो सामान्य हो, डराउनुपर्दैन, सबैलाई महिनावारीबिचको समयमा त्यस्तो हुन्छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी