जनादेशविरुद्ध किन जान खोज्दैछन् एमाले अध्यक्ष ओली ?

262 Hits

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट वाम गठबन्धनले झण्डै दुई तिहाइको हाराहारीमा जनमत पाएको छ । पटक पटक सरकारको फेरबदलले वाक्क दिक्क भएका जनताले यस निर्वाचनमा वामगठबन्धनले सारेको स्थाइ सरकारको लोकप्रिय नारालाई मन पराएका थिए ।

निर्वाचन अघि नेकपा (एमाले)का अध्यक्ष केपी ओलि र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले पटक पटक आ–आफ्ना कार्यकर्ता र समर्थक÷शुभेक्षुक जनतालाई समयको अभाबले मात्रै निर्वाचन अघि एकता गर्न संभब नभएको बताउँदै निर्वाचन लगत्तै एकता प्रक्रिया अघि बढ्ने बताएका थिए ।

 

अब मुलुकमा एउटै कम्युनिष्ट पार्टी बनाएर विकास र समृद्धिको लागि लाग्ने अठोट गरेका थिए । नेताहरुले जनताको कठघरामा उभिएर गरेको अठोटलाई जनताले निर्वाचनमा आफ्नो जनमत मार्फत म्याण्डेट पनि दिए ।

समानुपातिकमा झण्डै समान भएको कांग्रेस प्रत्यक्षतर्फ २३ सिटमा सिमित हुनु र एमाले ८० सिटमा आउनुमा माओवादीसँगको गठबन्धन हो भन्ने कुरालाई एमालेका नेताहरुले हेक्का राख्न जरुरी छ ।

निर्वाचनमा अपेक्षा गरे अनुसारको मत प्राप्त भएपछि भने सबैभन्दा ठूलो दल बन्न सफल नेकपा (एमाले)का अध्यक्ष लगायतका केही नेताहरुको बोली फेरिन थाल्यो । सत्ता केन्द्रीत राजनीति नै गर्ने हो भने माओवादीका अध्यक्ष प्रचण्डलाई नेपाली कांगेसले राजी खुशि ५ वर्षका लागि प्रधानमन्त्री बनाइदिने कुरामा कुनै शंका छैन तर राजनीतिमा नैतिकता र इमान्दारिता हुनुपर्छ । यसकारण एमाले र माओवादी दुबैले निर्वाचन अघि जे नारा सारेर संयुक्त रुपमा निर्वाचनमा गएका हुन् त्यहि प्रतिबद्धतामा अडिग हुन जरुरी छ । समानुपातिक मतलाई हेर्ने हो भने एमाले र कांग्रेसबीच सामान्य अन्तर मात्रै छ । समानुपातिकमा झण्डै समान भएको कांग्रेस प्रत्यक्षतर्फ २३ सिटमा सिमित हुनु र एमाले ८० सिटमा आउनुमा माओवादीसँगको गठबन्धन हो भन्ने कुरालाई एमालेका नेताहरुले हेक्का राख्न जरुरी छ ।

जनादेश विपरित केबल सत्ता राजनीति गर्ने हो भने त्यो क्षणिक सुविधा दुबै दललाई छ । तर जनमत त्यस कदमका लागि होइन ।

यदि माओवादी सत्ता गठबन्धनमा जस्तै कांग्रेससँग मिलेर निर्वाचनमा गएको भए एमालेको अहिलेको स्थानमा कांग्रेस हुने निश्चित थियो । कम्युनिष्ट पार्टीहरुबीच धेरै कुरामा समानता भएपछि सिद्धान्तका नाममा धेरै पसल खोल्नु भन्दा देशको विकास र समृद्धिलाई अगाडि बढाउन एक भएर जाँदा नै त्यो कम्युनिष्टका लागि पनि र देशका लागि पनि सहि बाटो हुनसक्दथ्यो । एमालेका अध्यक्ष ओली र केही नेताहरुले प्रधानमन्त्री र पार्टी अध्यक्षको प्रसंगमा नजानिदो तरिकाले जे जस्तो विवादको विउ रोपेर एकता प्रक्रियाप्रति उदासिनता देखाउने प्रयास गरिरहेका छन् यसले कदापि एकता प्रक्रियालाई सहज बनाउँदैन । दुबै पार्टीका नेताहरुको अलमलले केबल एकता विरोधी शक्तिलाई खेल्ने मैदान बनादिएको छ । निर्वाचन अघिको प्रतिबद्धताबाट पछि हट्ने प्रयास जो जसले गरे पनि जनादेश विरुद्ध सत्ता स्वार्थका लागि गठबन्धनबाट हट्न सक्ने अबस्था न त एमालेका लागि छ न त माओवादी कै लागि छ । जनादेश विपरित केबल सत्ता राजनीति गर्ने हो भने त्यो क्षणिक सुविधा दुबै दललाई छ । तर जनमत त्यस कदमका लागि होइन ।

दुबै पार्टीका नेताहरुको अलमलले केबल एकता विरोधी शक्तिलाई खेल्ने मैदान बनादिएको छ ।

एमाले र माओवादी दुबै दलका नेताहरुले के बुझ्न जरुरी छ भने नेताहरु त एकछिन बाहिर झगडा गरेरपनि एकैछिनमा साँझ अंकमाल गरेर संगै डिनर खान सक्छन् तर ति नेता र आफ्नो पार्टीको रक्षार्थ लड्दा गाँउ, टोल र जिल्लामा कार्यकर्ताको धेरै रगत ,पसिना बगेको हुन्छ । एक आपसका भावना मिलाउन धेरै कठिन हुन्छ । एक आपसको तिक्तता विर्सन निक्कै कठिन हुन्छ । त्यसका वाबजुद पनि दुबै दलका कार्यकर्ताले देशको समृद्धिका लागि विना बहस नेताले गरिदिएको एकताको निर्णयलाई स्विकार गरेका छन् । यस्तो अबस्थामा पनि कार्यकर्तालाई समेत गुमराहमा पार्ने गरि जनादेश विपरित खेल खेलिन्छ भने त्यसले कसैलाई फाइदा पु¥याउदैन । जनादेश विपरित अन्तत नेताहरु नजालान् आशा गरौं तर वातावरण गिजोलिएर कार्यकर्तामा बनेको सहजतामा फेरी कटुता पैदा भयो भने त्यस्तो एकताले फेरी साझा उदेश्य पुरा गर्न सक्ला कि नसक्ला ? वामगठबन्धनलाई टुक्रा गरेर हेर्दा एमाले ठुलो दल अबस्य हो तर उसले घमण्ड गरेर गलत यात्रा तय गर्न खोज्यो भने त्यसले भविष्यमा दिने नसियत निक्कै महंगो सावित हुन जान्छ । यसकारण एमाले र माओवादीका नेताहरुले घमण्ड गर्न छाडेर निर्वाचनमा जनतालाई वामगठबन्धनले देखाएको उदेश्य पुरा गर्ने तर्फ कत्ति पनि विलम्ब नगरिकन अघिबढ्न सकेमा नै त्यो दुबै दल र देशको हितमा हुनेछ ।

Loading...

Related News

‘हनिमुन पिरियड’मा सरकारको काम गराइ परिपक्व, के के गर्याे सरकारले ?

काठमाडाै‌ ११ जेठ । सरकारकाे १ सय दिन अर्थात हनिमुन पिरीयडमा काम गराइ परिपक्व देखिएकाे छ । यातायातमा देखिएकाे सिण्डिकेट…

वाम सरकारका मन्त्रीकाे सम्पत्ति कति ? लाै हेर्नुस् ।

काठमाडौं, १० जेठ । नवगठित नेकपाकाे वर्तमान सरकारका मन्त्रीहरूले अाफ्नाे सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । नेकपा अध्यक्ष केपी अाेली…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी