प्रचण्डलाई शहीद परिवारले लेखे यस्तो पत्र…

159 Hits

काठमाडौं, १३ पुस ।
प्रचण्ड नेपाली राजनीतिको सबैभन्दा चर्चित पात्र । नेपालको क्रान्तिकारी बाम आन्दोलनको सफल नायक । नेपालको २४० वर्षीय एकतान्त्रिक शाहबंशिय राजतन्त्रको अन्त्य गर्ने महान् जनयुद्धको सफल नेतृत्वकर्ता । शान्तिप्रक्रियाको शुरुवातकर्ता र शान्ति सम्झौताको एक मात्र जिवीत हस्ताक्षर कर्ता । कम्युनिष्टहरुलाई एकताबद्ध पार्न सक्ने र राजनीतिमा सहमति कायम गराउन सक्ने सहमतिको सुत्रधार र हरेक प्रतिकूलतालाई पनि सहजै अनूकुलतामा ढालेर कहिल्यै निराश नहुने एउटा कुशल नेतृत्व नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री । जसले आज फेरी नेपालको राजनीतिक स्थायीत्वमार्फत विकास र समृद्धिको नेतृत्व गर्न खोज्दैछ , नेपालको कम्युनिष्ट आन्दोलनको एकताबद्ध नेतृत्व गर्न खोज्दैछ ।

यतिवेला प्रचण्डमाथि धेरैका प्रश्नहरु तेर्सिएका छन् । बाम एकता के हुन्छ, सरकार निर्माण कस्तो हुन्छ, देश साँच्चै राजनीतिक स्थायीत्वमार्फत विकास र समृद्धिमा जान्छ त ? जनयुद्धमा बगेको रगतको सम्मान हुन्छ की हुन्न, जनयुद्धमा शहादत प्राप्त गर्ने, वेपत्ता पारिएका नागरिकका परिवारहरु, सिँदो पुछिने नारीहरु, अंग भंग हुने अपांग र घाइतेहरुको सम्वोधन कसरी हुन्छ, राजनीतिक र समाजीक जिवनमा उनीहरुको व्यवस्थापन कसरी गरिन्छ लगायतका अहम् प्रश्नहरु प्रचण्डमाथि छन् । यीनै प्रश्नहरु र नयाँ र समृद्ध नेपाल निर्माणका लागि सुझाव एवं विश्वाससहित जनयुद्धका शहीद परिवार एवं घाइते भगवति प्रधानले प्रचण्डलाई भावुक पत्र लेखेकी छिन् ।

हेर्नुहोस उनको पत्र ।

कमरेड प्रचण्ड
लालसलाम ! अभिवादन !!
पहिलो पटक तपाईंको नाममा केही लखौ भनेर सोचे, फेरि हजार पटक नलेखाउ पनि भनेर सोचे तर सकिन रोक्न !
तपाईंको निर्देशनमा जनयुद्धका वेला विना हिच्किचाहट हजारौ योद्दाहरु मर्न तयार भए । तपाईलाई देखेर भेटेर अनि लड्दा लड्दै युद्धमोर्चामा सहिद हुन तछाड मछाड गर्थे ।  युद्धमा १४ हजार भन्द माथि भर्भराउदो क्रान्तिकारी योद्दाहरुको वलिदान भयो । हजार भन्दा माथिको वेपत्ता योद्दाहरुको वेखवर छ । पल पल मरेर वाच्नु पर्ने वेपत्ता परिवारहरुको पीडा छ । हजारौंको संख्यामा घाइते र अपांग न गरि खानु न मरि जानुको दोसाधमा वाचेका छन् । दुवै आखा गुमेका, दुवै हात गुमेका, मेरुदण्ड खुस्केका, जिवनभर अरुको साहारामा वाच्नु पर्ने वाध्यताको पीडा कस्तो होला ?  एक मिनेट सोच्ने सायद फुर्सद छैन होला । हाम्रो दुख र पिडाको भर्याङ चढेर धेरै कमरेडहरु प्रधानमन्त्री, मन्त्री र सासंद
वने । तर कुसल व्यवस्थापन वारे कसैले सोच्न सम्म सकेन । त्याग,तपस्या,वलिदान,इमानदारीता, शहिद,वेपत्ता,अपांग,अस्मिता लुटिएका,कार्यकर्ताको योगदान र वलिदानि भावनामाथि कुठाराघात र वेइमानि हुदैछ । एकताको नाममा वा जे सुकैको नाममा त्यस्तो हुनु हँँदैन । यो कदापि इतिहासमा माफि हुने छैन ।

मैले केही वर्ष पहिला कमरेड प्रचण्ड र कमरेड वावुरामलाई भेटेरै भनेको थिएँ कि तपाईंहरु विश्वभरि चिनिनु भएको छ यो ख्याति पाउनुमा १४००० शहिदको रगतको खोला र लाखौं जनताको लगानी परेको छ । अन्तमा, लाज लाग्दो, घिन लाग्दो, शिर झुकाउनु पर्ने, नाजवाफ हुनु पर्ने र आफ्नै सहयोद्दाको कटाक्ष गर्नु पर्ने वातावरणको समाप्ति होस ।
कलिलो उमेर मै विधुवा वनेका हामीहरु, छोराछोरि गुमाएका आमावावाहरु,  न लास न सास पाउनवाट वञ्चित हामीहरु, अङ्ग भङ्ग भएका हामीहरुको चाहना युद्धकालिन नेताहरू मिलेर संवृद्ध नेपाल वनोस् यहि हाम्रो शुभकामना !!

निवेदक
क. प्रतिमा
सहिद परिवार तथा घाइते अपांग प्रतिनिधि

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी