माओवादी एमाले एकता कति सम्भव कति असम्भव ?

719 Hits

काठमाडौं, १२ पुस ।
नेपालका प्रमूख दुई कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकताको चर्चा उत्कर्षमा छ । निर्वाचन अघि नै पार्टी एकता गर्ने सहमति गरी निर्वाचनमा साझा उम्मेदवार बनाएर चुनावमा होमीएका उनीहरु चुनावपछि एकताको कुरा वढि काम कम देखिएको छ ।
पार्टीका नेताहरु भन्दा कार्यकर्ता र भातृ संगठनहरुबीच एकताको छलफल र वादविवाद शुरु भएको छ । एमाले नेताहरुले जनयुद्धलाई स्वीकार नगरी बहसको विषय बनाउने अभिव्यक्ति दिइरहेका छन् भने माओवादी नेताहरुले जनयुद्धलाई निशर्त स्वीकार गर्नुपर्ने बताइरहेका छन् ।

एमाले नेताहरुले सरकार गठन र पार्टी एकताको लाग एमालेको नेतृत्व माओवादीले स्वीकारर्नुपर्ने बताइरहँदा माओवादी नेताहरुले भने सरकार र पार्टी नेतृत्वमा समान बाँडफाँड गर्नुपर्ने बताइरहेका छन् ।
एमाले नेताहरुले प्रधानमन्त्री, पार्टी अध्यक्ष र संसदीय दलको नेता एमाले अध्यक्ष के पी ओली नै हुने सार्वजनीक अभिव्यक्ति दिइरहेका छन् माओवादी नेताहरु र कार्यकर्ताहरुले केपी ओलीले सरकारको नेतृत्व गर्ने हो भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नेतृत्व गर्न पाउनुपर्ने बताएका छन् ।
पार्टी एकता र सरकार निर्माणको प्रश्न दुबै विचार र राजनीतिसँग जोडिएकाले ती दुबै विषयमा समान अधिकार बाँडफाँड हुनुपर्ने तर्क माओवादी सम्वद्ध वाइसिएलका अध्यक्ष दिपशिखाले बताएका छन् । उनले आफ्नो फेसबुकमा सार्वजनीक गरेका स्टाटसमा भनेका छन्
सरकार या पार्टी नेतृत्व केवल प्रविधिक पक्षमात्रै होइन । बिचाररभावनारएकता र वर्गपक्षधरता पनि हो तसर्थ बाँडफाड गरौं । रास्ट्रपति, उपराष्ट्रपति र सभामुख पुरानै क़ायम गर्ने । पार्टी नेतृत्व र सरकार प्रमुखमध्य रोजेर एमाले धाराले लिने र छाडेको माओवादी धाराले लिने । एउटै व्यक्ति या धाराबाट सबै पदमा नेतृत्व सम्भव छैन । यस्तो एकताविरोधी बहस खारेज गरौं ।

हेर्नुहोस उनको स्टाटस :

– एकता आँफैमा सम्माजनक र अपमानजनक हुँदैन । एक अर्कोमा हुने विलयचाँही सम्मानजनक या अपमानजनक हुन्छ । यसर्थ नेकपा माओवादी केन्द्र र एमालेबिच हुन लागेको एकतामा ‘सम्मानजनक’ भन्ने बहस नगरौं ।

– पार्टी प्रवेश र एकता फरक कुरा हुन् । रूपमा जस्तो देखियपनि सारमा दुबै समान अस्तित्वका छन् भने त्याँहा एकता सम्भव हुन्छ । एमाले र माओवादीले चुनावअघि समान अस्तित्व स्विकार गरेका हुन् ।

-चुनावी परिणामबाट दुवैले घमण्ड नगरौं किनभने एकले अर्कोलाइ सहयोग नगरेको भए कांग्रेस थोरै सिटले पहिलो, एमाले दोस्रो र अहिले आएको भन्दा अलि कम सिट ल्याएर माओवादी तेस्रो शक्ति बन्ने थियो ।

– पूर्व सहमतिबाट कोही पछि नहटौं । पार्टी एकताका लागी आएका अप्ठ्याराहरू हटाउँदै जाऊँ ।

– झापा आन्दोलन, जनआन्दोलन या जनयुद्दलाइ च्याखे थाप्ने सोच एकताविरोधी सोच हो । जनयुद्द सहि थियो, छ र रहिरहनेछ यसबारे थप निहुँ नखोजौं ।

– सरकार या पार्टी नेतृत्व केवल प्रविधिक पक्षमात्रै होइन । बिचाररभावनारएकता र वर्गपक्षधरता पनि हो तसर्थ बाँडफाड गरौं । रास्ट्रपति, उपराष्ट्रपति र सभामुख पुरानै क़ायम गर्ने । पार्टी नेतृत्व र सरकार प्रमुखमध्य रोजेर एमाले धाराले लिने र छाडेको माओवादी धाराले लिने । एउटै व्यक्ति या धाराबाट सबै पदमा नेतृत्व सम्भव छैन । यस्तो एकताविरोधी बहस खारेज गरौं ।

– मालेमावादका आधारभूत सिदान्तबाहेक वादरबिचारबारे बहस खुल्ला गर्ने र ५ वर्षका लागी मुलुकको सम्बृदीको खाका सार्वजनिक गरी सोही आधारमा सरकार संचालन गर्ने ।

– एकताका नाममा अन्धभक्त समर्थन र विरोधका नाममा जडसुत्रिय क्रान्तिकारिता दुवै अतिका विरूद्ध लडौं र पार्टी एकता सफल पारौं ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी