रानीपोखरीमा मेयर र उपमेयरबीच भिडन्त, पोखरीमा तालाबन्दी

164 Hits

काठमाडौँ, १२ पुस ।
नेपालकै ऐतिहासक र पुरातात्वीक महत्व बोकेको काठमाडौंको रानीपोखरीमा यतिवेला पानी छैन । पोखरीमा पानी नभएको २ वर्ष भन्दा वढि भयो । नाम पोखरी भएपनि त्यहाँ माछा पौडि खेल्न पाएका छैनन् बरु त्यो त काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीको भिडन्तस्थल पो बनेको छ ।
भुकम्पले क्षतीग्रस्त भएपछि पुननिर्माणको क्रममा रहेको रानीपोखरी पर्यटकको आकर्षण केन्द्र बन्नु त परै जावोस जग हँसाउने रमिते स्थल बनाइएको छ । पुनःनिर्माणको विवाद चुलिदै गएपछि रानीपोखरी अन्तत : मङ्गलबार तालाबन्दीको अवस्थामा पुगेको छ । काठमाडौँ महानगरपालिकाले थालेको रानीपोखरी वरपरको पर्खाल पु्नःनिर्माण गर्दा रड, सिमेन्ट र कङ्क्रिटको प्रयोग गरेर ऐतिहासिक सम्पदाको मौलिक स्वरूप बिगारेको भन्दै स्थानीयले विरोध गरेर मङ्गलबार निर्माणस्थालमा तालाबन्दी गरेका हुन् ।

काठमाडौँका सम्पदा संरक्षण अभियान नामक स्वयम्सेवी संस्थाले रानीपोखरी पुनःनिर्माण गलत तरिकाबाट भएको भन्दै विरोध गर्दै आएको छ । पुनःनिर्माण भइरहेको रानीपोखरीको विवाद विभिन्न सञ्चार माध्यममा आएपछि महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले मङ्गलबार बिहान स्थालगत भ्रमण गरेपछि त्यहाँ कङ्क्रिटको वाल लगाउने कार्य रोक्न निर्देशन दिएकी थिइन् तर मेयर विद्यासुन्दर शाक्यले उक्त ताला काटेर पुननिर्माण अघि बढाउन निर्देशन दिएका थिए ।
उपप्रमुख हरिप्रभा खड्गी ऐतिहासिक सम्पदा जथाभावी तरिकाले पुनःनिर्माण गर्न नहुने भन्दै सम्पदाविद्सँग छलफल गरेर विवादरहित ढङ्गले काम अगाडि बढाउनुपर्ने बताएकीछिन् भने मेयर विद्यासुन्दर शाक्य दुई वर्षअघि नै राष्ट्रपतिले शिलान्यास गर्नुभएको योजनालाई आफूले अगाडि बढाइछाड्ने बताउँदै आएका छन् ।

शाक्य भन्छन्, ‘यसको निर्माणको प्राविधिक पक्षबारे मलाई त्यति धेरै थाहा छैन । मैले नीतिगत निर्णय गर्ने हो, त्यो गरेँ । प्राविधिक पक्षबारे महानगरपालिकाका वरिष्ठ इन्जिनियर डा। उत्तमकुमार रेग्मीलाई राम्रो जानकारी होला ।’ उनले आफू मङ्गलबार मात्र पहिलो पटक रानीपोखरीको पुनःनिर्माण हेर्न गएको बताए ।
सम्पदाविज्ञले भने रानीपोखरी पुनःनिर्माण गर्दा पहिलेकै जस्तो इँटा र कालिमाटीको पर्खाल लगाउनुपर्नेमा जोड दिँदै आएका छन् । कङ्क्रिटबाट पर्खाल लगाएमा पोखरीको अस्तित्व छिट्टै नासिने पोखरीभित्रको पर्यावरणीय चक्र बिग्रने उनीहरूको भनाइ छ ।
रानीपोखरी नेपाल संवत् ७८९ मा खनिएको थियो भन्ने तथ्य इतिहासकारले प्रस्तुत गर्दै आएका छन् । पोखरीको मध्यभागमा रहेको बालगोपालेश्वरको मन्दिर भने पुरातत्व विभागले पुनःनिर्माण गरिरहेको छ । करिब ५० रोपनी क्षेत्रफलमा फैलिएको रानीपोखरीको चारैतर्फबाट अतिक्रमण गरेपछि साँघुुरिँदै गएको छ ।
रानीपोखरीमा काठमाडौं महानगरका मेयर र उपमेयरबीच भएको भिडन्त राजनीतिक पुर्वाग्रहले प्रभावित जस्तो देखिएको छ । महानगरको विकास गर्ने सपथ खाएर चुनाव जितेका नेताहरुले देखाएको यस्तो रबैयाले स्थानिय तहमा दिएको अधिकारकै बारे पुनर्विचार गर्नुपर्ने भनाई पनि विश्लेषकहरुको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी