यस्तो छ स्वास्थ्य कार्यालयहरुको प्रस्तावित संरचनागत खाका

118 Hits

काठमाडौं-

 संघीय संरचना अनुसार स्वास्थ्य मन्त्रालय र यस मातहतका कार्यालयहरुको संरचनागत खाका तयार भइरहेको छ। स्वास्थ्य मन्त्रालयले अधिकार सम्पन्न प्रशासनिक पुनर्संरचना समितिलाई बुझाएको खाका अनुसार स्थानीय तहमा स्वास्थ्यका महाशाखा र शाखा रहनेछन् ।

संघीय संरचना अनुसार केन्द्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रहने र प्रदेशमा पनि स्वास्थ्य मन्त्रालय रहने लगभग पक्का भइसकेको छ । सोही आधारमा तयार पारिएको संरचनागत प्रस्ताव अनुसार महानगर र उपमहानगरपालिका कार्यालयमा स्वास्थ्यको छुट्टै महाशाखा हुने छ भने नगरपालिका र गाँउपालिकामा स्वास्थ्य शाखाका रहने छ।

प्रस्तावित खाका अनुसार महानगर र उपमहानगरको स्वास्थ्य महाशाखा अन्तर्गत ४ वटा शाखा र नगरपालिका अन्तर्गतको शाखामा ३ वटा इकाइ र गाँउपालिकाको शाखा अन्तर्गत २ वटा इकाइ रहने छन् ।

प्रस्तावित संरचना अनुसार स्वास्थ्यका यी महाशाखा तथा शाखामा लेखा, प्रशासन, जनशक्ति व्यवस्थापन, आपूर्ती तथा भौतिक पूर्वाधारका लागि छुट्टै इकाइ रहनेछैन । यसका लागि महाशाखा तथा शाखाले आवश्यकता अनुसार महानगरदेखि गाउँपालिका कार्यालयको इकाइलाई प्रयोग गर्ने प्रस्तावमा उल्लेख छ।

प्रस्तावित संरचनाको इकाईमा नर्सिङ तथा मिडवाफ्रीलाई पनि समावेश गरिएको छ । यसअघि नर्सहरुले नर्सिङ विषयलाई छुट्टै समावेश नगरिएको भन्दै विरोध गरेका थिए ।

यस्तो छ प्रस्तावित संरचना

 

 

 

साभार : स्वास्थ्य खबर

Loading...

Related News

कुरिलो निकै फाइदाजनक !

काठमाडौँ — कुरिलो भन्नेवित्तिकै धेरैलाई मनपर्छ। कुरिलोको तरकारी होस् वा सुप विभिन्न तरिकाले कुरिलो खाने गरिन्छ। कुरिलो खान जति मीठो…

औषधी खान छाडेमा के हुन्छ एचआइभि संक्रमितलाई ?

काठमाडौं, २० मङ्सिर डोटीको पूर्वीचौकी गाउँपालिकाकी धनसरा (नाम परिवर्तन) २०६३ सालदेखि एचआइभी सङ्क्रमितहरूले सेवन गर्ने एआरटी प्रयोगकर्ता भएपनि केही महीनादेखि…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी