अमेरिकासँग लड्ने उत्तर कोरियाको तयारी, क्षेप्यास्त्रदेखि एटम बमसम्म

158 Hits

 

f’ nकाठमाडौं, ११ पुस ।
विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिकासँग पौठेजोरी खेल्दै एक्लै लड्न तयार एकमात्र राष्ट्रको नाम हो उत्तर कोरिया । पछिल्लो समयमा उत्तर कोरियाविरुद्ध अमेरिकाले धम्कीपूर्ण चेतावनी दिइरहेको तथा र सैन्य तयारी समेत अगाडि बढाएको समाचार सार्वजनीक भइरहँदा उत्तर कोरियाले पनि अमेरिकालार्य पुरै कभर गरी मार गर्न सक्ने हतियारहको भण्डार आफूसँग भएको दावी गर्दै आएको छ ।
उत्तरकोरिया विरुद्ध नाकाबन्दी र सैनिक आक्रमणको तयारी अमेरिकाले गरिरहँदा उत्तर कोरियाले आफू अमेरिकासँग नझक्ने बरु दृढतापूर्वक लडाईको सामना गर्ने र पराजित गरिछाड्ने चेतावनी दिंदै आएको छ ।

अमेरिकी रक्षा मन्त्रालयले उत्तर कोरियामा अझ धेरै बल प्रदर्शन गर्ने रिपोर्ट सार्वजनिक गरेको छ । जसलाई उत्तर कोरियाले कडा शब्दमा भत्सर्ना गरेको छ । उत्तर कोरियाको सरकारी मिडियाका अनुसार विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपतिको सामरिक नीतिको पनि आलोचना गरेको छ । डोनाल्ड ट्रम्पले वासिङटनमा उत्तर कोरियाको परमाणु कार्यक्रमबाट उत्पन्न हुने चुनौतीसँग जुझ्न तयार रहेको बताएका थिए । तर सन् २०१७ उत्तर कोरियाको लागि सफल साबित रहेको प्योंगयांगका अधिकारीले बताएका छन् । ।

कयौँ विश्लेषकहरुको दाबी छ, उत्तर कोरियाले परमाणु बमको पनि विकास गरिसकेको छ । यो दाबी सही भए या नभए पनि यति धेरै अन्तर्राष्ट्रिय प्रतिबन्धका वावजुद उत्तर कोरियाले जुन रफ्तारले अत्याधुनिक हतियारको विकास गरेको छ, त्यो निकै आश्चर्यजनक रहेको छ ।

रोचक कुरा, उत्तर कोरियाले मात्र एक उद्देश्यले यति धेरै हतियार एकत्रित गरिरहेको छ, त्यो हो मौजूदा शासक हटाउन सम्भावित अमेरिकी दख्खल । सन् २०१७ मा उत्तर कोरियाले सामरिक हिसाबले चार महत्वपूर्ण कदम हासिल गरेको छ । जसले उसलाई अझ शक्तिशाली बनाएको छ ।

१। हमलाका लागि क्षेप्यास्त्र तयार

उत्तर कोरियाले यो वर्ष जवाफी हमला गर्ने क्षमता विस्तार गरेको छ । यो सम्भव भएको छ, ‘सोलिड फ्यूल’ क्षेप्यास्त्रको मद्दतबाट । यस वर्ष उत्तर कोरियाले यस्तो प्रविधि भएको कयौँ परीक्षण गरेको छ । कयौँ विश्लेषकको नजरमा यो शानदार प्रगति हो ।

युएस सेन्टर फर ननप्रोलिफिरेशन जेम्स मार्टिनका वरिष्ठ रिसर्चर मेलिस्सा हेनहेम भन्छिन्, ‘सोलिड फ्यूलको सीधा अर्थ हो, उत्तर कोरिया अब निकै तीव्र गतिमा क्षेप्यास्त्र हिर्काउन सक्छ ।’

ठोस इन्धन ९सोलिड फ्यूल० को विशेषता भनेको यसलाई तरल इन्धन जस्तै लोड गर्न पर्दैन । अर्थात् यो हर समय तयार रहन्छ र दुश्मनलाई यसको पहिचान गर्न समय पनि मिल्दैन । उत्तर कोरियाले २०१६ मा पहिलोपटक यो परीक्षण गरेको थियो । तर, सन् २०१७ को फेब्रुअरी र मेमा उत्तरले यसको परीक्षण अझ परिस्कृत ढंगले गर्यो र त्यसमा नयाँ रकेट जडान गर्यो ।

उत्तर कोरियाले यसपछि ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गर्ने दाबी गरेको छ ।

२। परमाणु शक्तितर्फ उन्मुख

उत्तर कोरियाले पूरा विश्वलाई परमाणु बमको खतराबाट तर्साइरहेको छ । ३ सेप्टेम्बर २०१७ मा उत्तर कोरियाले आफ्नो छैटौँ आणविक परीक्षण गर्यो । उसको दाबी थियो, यो हाइड्रोजन बम थियो ।

तर, अहिले विशेषज्ञहरु नै मान्छन्, यो हाइड्रोजन बम भनेर भनिएको परीक्षण, सन् २००६ देखि चलिरहेको आणविक परीक्षणमध्ये सबैभन्दा शक्तिशाली परीक्षण थियो । उत्तर कोरियाले परीक्षण गरेको बम सन् १९४५ मा हिरोशिमालाई तहसनहस पारेको परमाणु बमको तुलनामा १६ गुणा शक्तिशाली थियो ।

३। अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र

सन् २०१७ मा उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र पनि प्रक्षेपण गर्यो । यो क्षेप्यास्त्रको प्रयोगले उत्तर कोरियाले आफ्नो पहुँच धेरै बढाएको छ ।

उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र क्षेप्यास्त्रको यस वर्ष तीन परीक्षण गर्यो । २८ नोभेम्बरमा गरिएको परीक्षणपछि उत्तर कोरियाले स्पष्ट शब्दमा भनेको छ, लक्ष्य उसको सीमामा आएको छ ।

४। क्षेप्यास्त्रमा नयाँ इन्जिन

अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र ९आइसीबीएम० को परीक्षण सँगसँगै यसमा प्रयोग हुने इन्जिनमा पनि सुधार गरेको छ ।
इलिम्यान अहिले इन्टरनेशनल इन्सटिच्युट अफ स्ट्रेटजिक स्टडीजमा रिसर्चर रहेका छन् र आफ्नो विस्तृत विश्लेषणमा उत्तर कोरियाको क्षेप्यास्त्रको क्षमता राम्रो हुनुको पछाडि विदेशी प्रविधिको हात रहेको उनले दाबी गरेका छन् । यस्तो प्रविधि सोभियत डिजाइनको छ र युक्रेन र रुसको बाटो हुँदै उत्तर कोरिया पुगेको हो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी