शितलहर नियन्त्रण गर्न यस्तो छ सरकारी तयारी

262 Hits

काठमाडौं, ११ पुस ।
जाडो लागेपछि तराईका क्षेत्रहरुमा शितलहर चल्न थाल्छ र त्यसले दर्जनौको ज्यान पनि लिन्छ । गृह मन्त्रालयले शीतलहरका कारण हुनसक्ने मानवीय क्षति नियन्त्रण तथा न्यूनीकरणका लागि पूर्वतयारी गर्न देशभरका प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र र केन्द्रीय दैवीप्रकोप उद्दार समितिमा भएको छलफलपछि गृह मन्त्रालयले शीतलहर र चीसो प्रभावित सबै क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गर्न ७७ वटै स्थानीय प्रशासनलाई परिपत्र गरेको हो ।

शीतलहर तथा चिसोबाट व्यक्तिको ज्यान गएमा पीडित परिवारलाई आर्थिक सहायतासमेत उपलब्ध गराउने जनाइएको छ ।

देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई गृह मन्त्रालयले शीतलहर र चीसो नियन्त्रण, राहत सामग्री वितरण तथा ‘न्यानो कार्यक्रम’ सञ्चालन गर्न ५ बुँदे निर्देशन पनि दिएको छ । गृह मन्त्रालयले विशेषगरी तराइ–मधेस, हिमाली तथा भूकम्पप्रभावित क्षेत्रको मौसमलाई ख्याल गरेर शीतलहर नियन्त्रण अभियान चलाउन भनेको आजको कारोबारमा खबर छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार शीतलहर र चिसोका कारण कठ्यांग्रिएर आर्थिक वर्ष २०७२(७३ मा ५३ र गत वर्ष ४० भन्दा बढीको ज्यान गएको थियो ।

Loading...

Related News

चिसोका कारण विद्यालयहरु थप ४ दिन बन्द, विमानस्थल पनि प्रभावित

महेश्वर अधिकारी बारा, २२ पुस, अत्यधिक चिसोका कारण बाराका सामुदायिक तथा निजी विद्यालयहरु थप चार दिन विदा दिने जिल्ला शिक्षा…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी