आज मेरी क्रिसमस, ‘क्रिसमस डे’ को रौनकताले तानेको नेपाली मन

250 Hits

काठमाडौं, १० पुस ।
आज पुस १० गते सोमवार अर्थात २५ डिसेम्बर २०१७ । आज क्रिसमस डे । आज इसाई धर्मका अनुयार्इहरूको लागि महान दिन । इशाई धर्मालम्व अर्थात क्रिस्चियन समुदायहरुले यो दिनलाई विशेष चाडको रुपमा मनाउने गर्दछन् । नेपालमा आज सरकराले क्रिसमस डेको लागि सार्वजनकि विदा दिएको छ । संसारभरि धेरै देशहरुमा एकैदिन अर्थात आजैको दिन चारैतिर सार्वजनिक विदा हुनेगर्दछ ।
विभिन्न प्राचीन यूरोपियन दस्तावेजका अनुसार क्राईस धर्तीमा आउनपूर्वनै पनि हिउँदको यो मध्य समयमा आगो र प्रकाशको चाडको रुपमा यो दिनलाई मनाइने कुरा उल्लेख गरिएको छ । इस्वि संवतका अनुसार हरेक वर्षको डिसेम्बर २५लाई क्रिसमसका रुपमा मनाइन्छ भने केही देशहरुले डिसेम्बर २४ मा पनि मनाउने गर्दछन् ।

इस्वि सम्वतलाई क्राईसको जन्म अगाडी र एनोनो डोमिनी क्राईस पछाडी गरि दुई भागमा बाँडिएको छ । यसअर्थमा क्राईसको धर्तीमा पदार्र्पण भएको आज २०१६ वर्ष भएको मान्न सकिन्छ । आज यसै उपलक्ष्यमा संसारभरिनै उपहारहरु साटासाट गरिंदै, क्रिसमस रुख सिङ्गार्दै, भोज आयोजना गरेर अनि गिर्जा घरहरुमा गएर क्रिसमस मनाइन्छ । नजिकै जङ्गल हुने समूदायमा घरका पुरुषहरु जङ्गल गएर ठूला रुखका मूडाहरु काटेर ल्याउने र आँङ्गनमा बालेर यो पर्व मनाउने गरिन्छ ।

नेपालमा पनि विगत केही वर्षहरुदेखि क्रिसमस डे लाई भव्य रुपमा मनाउन थालिएको पाइन्छ । के हिन्दु, के बौद्धमार्गी सबैले क्रिसमस डेलाई धुमधामका साथ मनाउने प्रचलन नेपालमा पनि विकास भएको छ । नेपालका शहरहरुमा पनि क्रिसमस ट्री सजाउने र क्रिसमस क्याप लगाउने प्रचलन बढेको छ । विशेष गरी निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु सान्टा क्लस र राता टोपीहरुप्रति आकर्षीत देखिएका छन् । रातो टोपी लगाएका अनि सेतो दाह्री, जुङ्गा भएको मोटोघाटो व्यक्ति सान्टा हुन् । ठूलो शरिरको साधूले सबैलाई उपहार दिने र खुशी बाँड्नेछन् भन्ने विश्वास छ । सान्टा क्लसको प्रतिक्षामा आज धेरै केटाकेटीहरु रातीअबेरसम्म सुत्दैनन् । कोही कोही ब्यक्तिहरु सान्टा क्लसको भेषमा उपहार र कोसेली बाँडदै, साँट्दै हिंड्दछन् । नेपाल धर्म निरपेक्ष मूलुकको रुपमा संविधानमा घोषीत छ । त्यसैकारणले पनि अहिले धर्मप्रति मानिसहरुको स्वच्छन्दता बढ्दै गएको छ ।

क्रिसमस डेको मुख्य आकर्षण सान्टा क्लज, क्रिसमस क्याप, ट्रि र राता टोपी हुन, जसले बालबालिका र युवाहरु र वृद्धा वृद्धाहरुलाई समेत व्यापक रुपमा आकर्षण गरेको छ । सामाजिक संजाल र निजी विद्यालयहरुमार्फत नेपालमा विकास भइरहेको क्रिसमस मनोविज्ञानले नेपाली मौलिक संस्कार र संस्कृतिलाई कत्तिको असर गर्ने हो त्यो भने हेर्न बाँकी छ ।

संयूक्त राज्य अमेरिकामा मात्रै ३ देखि चार करोड यस्ता क्रिसमस रुखहरुको खरिद बिक्रि गरिन्छ । स्मरण रहोस् यस्ता रुखहरु तयार हुनलाई कम्तिमा पनि १५ वर्ष लाग्दछ । आज चाड मनाउने नाममा धेरै जन्तु जनावरहरु काटेर खाइन्छ । हिउँदको मध्य विन्दुमा जनावरहरुलाई चर्न पठाउन गाह्रो हुने र गोठालाहरुले काटेर घाँस या पराल ल्याउन पनि गाह्रो हुने भएकाले यसरी जनावरहरु काटेर संख्या घटाइने तथ्य पनि विभिन्न पुस्तकमा उल्लेखित पाइन्छ ।
हामी पनि इशाई धर्मालम्वी र अनुयायी लगायत विश्वभरका मानव समुदायमा क्रिसमस डेको अवसरमा शुभकामना व्यक्त गर्दछौं, ह्याप्पी क्रिसमस डे ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी