पार्टी एकता हुँदैन कि भनेर कसैले सोचेको छ भने त्यो कल्पना मात्र -प्रचण्ड

75 Hits

भरतपुर, ९ पुस ।
पुर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय सभा गठन सम्बन्धमा दलहरुबीच देखिएको विवाद केही दिनभित्रै अन्त्य हुने दावी गरेका छन् ।

चितवनको भरतपुर शुक्रनगरस्थित प्रगति माविको ४७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘‘संविधानमा राष्ट्रिय सभाबारे ठोस कुरा उल्लेख छैन। त्यही भएर नै यसबारे दलहरु बीच केही विवाद देखिएको हो । सुरुमा दलहरुकै सहमतिमा एकल संक्रमणीय प्रणालीमा जाने समझदारी बनेको थियो, त्यहीअनुसार ड्राफ्ट बन्यो। पछि कांग्रेसका नेताहरुका कारण बहुमतीय प्रस्ताव गयो। एकल संक्रमणीय मतमा जाँदा तीन जना महिला, दलित र अपाङ्ग वा पिछडिएको क्षेत्र० को सदस्य निर्वाचित गर्न समस्या आउँछ, त्यसका लागि बहुमतीयमै जानुपर्छ। तर, राष्ट्रिय सभामा प्रतिपक्ष पनि चाहिन्छ। त्यसमा एमाले अध्यक्ष ओली र मेरो गम्भीर रुपमा नै कुराकानी भएको छ। राष्ट्रिय सभा गठनसम्बन्धि विवाद केही दिनमा अन्त्य हुन्छ।’

राष्ट्रिय सभा गठनबारे सरकारको नेतृत्व गरीरहेको नेपाली कांग्रेसले एक संक्रमणीय प्रणालीका आधारमा गठन हुनुपर्ने धारणामा अडिग बनेको तथा नेकपा उमाले बहुमतिय प्रणालीमा अडीग रहीरहेको बेला माओवादी अध्यक्ष प्रचण्डको यस्तो धारणा आएको हो ।

प्रचण्डले बाम उकता भाँड्न सकिन्छ की भनेर विभिन्न पक्षहरुबाट प्रयास भइरहेकोप्रति खेद जनाउँदै त्यसा नगर्न आग्ह गरे । भरतपुरमा आयोजित बुद्धिजीवीहरुको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘आज कतिपय अनलाइन र सोसियल मीडियामा पार्टी एकताबारे भ्रामक समाचारहरु आएका छन्। बामपन्थी एकता भाँड्न सकिन्छ कि भनेर प्रयास गरिएको छ,’ ‘पार्टी एकतामा हामी बीच कुनै समस्या छैन। हिजो नै म भैरहवाबाट काठमाडौं पुगेर पार्टी एकता समितिको बैठक बस्ने तयारी थियो। मौसमको खराबीका कारण जान सकिएन। पर्सि काठमाडौं गएपछि एकता समितिको बैठक बस्छ, एकता प्रक्रिया अघि बढ्छ। पार्टी एकता हुँदैन कि भनेर कसैले सोचेको छ भने त्यो कल्पना मात्र हुन्छ। प्रचण्डले पार्टी एकता गर्न नचाहेको भनेर केही मिडियामा ठूला समाचार आएका थिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी