मनै रुवाउने भावुक संस्मरण-सपना

231 Hits

(एउटा गाउ खेतबारीको नजिकै बासको चिम लगाएर बनाइएको सानो झुपडी, भत्किएको र गोबरले लिपिएको सानो पिढीमा थांगनो गुन्द्री ओछ्याइएको छ l झुपडी भित्रको टाडमा १०-१२ बर्षको केटो सुतिराखेको छ l मिर्मिरे उज्यालो भैसकेको छ l पिढीमा छोरो केही सोचेजस्तो गरी भित्तामा अडेस लागेको छ l छोरालाई हेर्दै आमा गम्भीर छिन् l दैलो अगाडी कुखुरो चारो टिप्दै छ l)

 

-भरत मरहट्टा, दोहा कतार-

आमा : बाबु! के भो? रातमा निन्द्रा परेन कि क्या हो?

छोरो : (केही पनि बोल्न मन नगरेजस्तो गरी) केही..भा..छैन l

आमा : सून् न! आज मैले सपनामा त क्याम्पस पढ्न काठमाडौँ गाको देखिकी थिए l साचचै बाबु, त पढ्न जान्नस?

छोरा : तपाई जानी-जानी पनि किन मलाई जिस्क्याउनुहुन्छ आमा ? कसरि पढ्नु मैले? थाहा छदै छ तपाइलाई l साहुको ऋण, बहिनीको बिहेको ऋण, घरमा सधै बेसाहा l झन् त्यहिमाथि पनि पैसा पुर्यौन नसक्दा अलिकति किनेको खेत पनि राजिनामा पास गर्न सकिराछैन l बेकारमा एस. एल. सी. पास भैछु l किन आयो होला कुन्नी फस्ट डिभिजन पनि!

आमा : यो सबै मलाई थाहा नभाको होइन बाबु ! पढ्नु त पर्यो नि l यसै त गाउलेले खिसी गरीरहेछन l अब जागिर खादै l

छोरा : (बाक्य पूरा हुन नपाउदै, झर्केर) अ! तपाइलाई भनेर जागिर ठिक्क पारेर राखीदिएका छन् नि! गएर क्वाप्प खाईहाल्न मिल्नि… देशको हालत बुझ्नु छैन भन्दिए भैहाल्यो नि l

आमा : नझर्की न नझर्की l त्यसो भए कैजेले ढाप बेचेर पढ्न जा न त l गर-गहना बेचु भने के नै पो थियो र त्यहि पनि बेसाहा र ब्याज भन्दैमा बुचचै भैहालियो l मेरो बाले दिएको पेवा भनेकै त्यहि ढाप खेत हो l भोलि खानी पनि तिमीहरुनै हौ l

छोरो : हैन तपाई कुरा किन बुझ्नुहुन्न आमा! त्यो ढाप बेचेको भोलिपल्ट देखि हामी सर्बहारा निश्चित हुन्छौ; फेरी हदै देलान ५० हजार, त्यहि पनि ला-ला भन्दा कुन्नि! कुन्नि!! त्यतिले न त पढ्न नै पुग्छ, न त ऋण तिर्न नै l अब यो हलो काटी मुङ्ग्रो तेस्लाई ताछी ठेडी l त्यतिकै रहनदिउ l मैले हरेस खाईसके l

आमा : एक चोटी वोल्तिर-पल्तिर येसो दु:ख पोख्न l सबै साहु नै साहु छन् l परेको बेलामा पैसो दिन नसके पनि अरु सहयोग तैले पनि गरेकै थिइस क्यारे l

छोरो : कसरि पोख्ने भन्या दु:ख पनि! छाती चिरेर मुटु निचोरेर देखाउनी? आमा : के भो र त्यस्तो? छोरो : चारी सके सबै ठाउ l उही टाढा-टाढा बसेका आफन्तहरुका मात्र गाछैन l

आमा : तल्ला घरे मास्टरसंग भनिस त? उनि शिक्षाप्रेमीलाई मद्धत गर्नी व्यक्ति हु भन्छन नी!

छोरा : मुखले त म पनि भन्छु नि l तलब थापेको थाहा पाएर रुन गएको थिए l उल्टै, उनकै दश ठाउमा तिर्नु बाकी रहेको बताए l पल्लाघरे मास्टरनीसग पनि भन्न गाथे l एक हजार मात्र बाकी छ l त्यै पनि बच्चाबच्ची बिरामी पर्छन कि भनेर राखेको, लान्छस भने लैजा न त म ब्याज ले काम चलाउला भनिन् l

आमा : ब्याज कती भनिन नि?

छोरा : उही रे, चलेको दर, सयको तीन l

आमा : आफ्ना मान्छे भए पो मन पलाउथ्यो l तेरा काकाहरुसंग पनि त २/४ पैसा छन् भन्छन नि l एकचोटि दु:ख पोख्याभए हुन्थ्यो नि l छोरा : मन नै सबैभन्दा ठुलो नाता हो आमा l उनीहरुसंग त म झन् डाकोनै छोडेथ्ये l उल्टै रोइदिए स्वर मिलाएर l मेरो आसुमा मात्र आसु मिलाईदिए l तर एक सुको फुत्किए कंगाल भइन्छ कि जस्तो गरे l हजुर्बा बरु रुनुभाथ्यो l म जेठो नाती l कुलमै, पढाईमा अघि बढेको l गर्भले छाती फुलाउदै हुनुहुन्थ्यो l “स्याबास बाबु!” भन्नु भो, रसिला आखाले आसिर्बाद दिनुभो l प्रेरणा दिनुभो l के गर्ने! धन हुनेसग मन नहुदो रहेछ l धन नहुनेसग मन भएर के काम ! (आखाबाट आसु तप्किन्छ l)

आमा : (आसु झार्दै) के गर्छस त बाबु! भो नरो (छोराको आसु पुछ्दै)… गरिबको कोखबाट जन्म लिइस l धनिको कोखबाट जन्मिएको भए केही बन्थिस l गर-गहना बेचु भने पनि पापी पेट भर्दैमा सकीहालियो l

छोरा : (भावुक बन्दै) आमा! छि, के भन्नु भाको? आमा भन्ने कुरा पनि धनि र गरिब हुन्छ? तपाईको मात्रीवात्सल्यनै मलाई न्यानो लाग्छ l नरुनुस! (आमाको आसु पुछिदिन्छ) मैले कहिँ पढेको छु: “परमेश्वोरले कहिल्यै पनि एकैचोटि दुइटा ढोका बन्द गर्नुहुन्न रे!” (झलमल्ल उज्यालो भैसकेको छ l किसनहरु गाउ-बेसी हिड्न थाली सकेका छन् l आमा चुलो बाल्न लाग्छिन l छोरो कोदालो खोज्न थाल्छ l)/

२०५५ असार


 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी