कालिकोटमा अनिश्चितकालिन कर्फ्यू जारी, जनजीवन आतंकीत

111 Hits

काठमाडौं, ९ पुस ।
कालिकोटमा प्रहरीले चलाएको गोली लागेर म्यादी प्रहरीको ज्यान गएपछि शनिबारदेखि जारी गरिएको अनिश्चितकालिन कर्फ्यू अझै जारी छ । म्यादी प्रहरी, स्थानीय र राजनीतिक दलले घटनाको विरोध गर्दै शनिवार दिनभर प्रदर्शन गरेपछि प्रशासने कर्फ्यू लगाएको थियो । प्रदर्शनले उग्ररुप लिन लाएको भन्दै स्थानीय प्रशासनले दिउँसो साढे ३ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो ।

प्रदर्शनकारीले विभिन्न स्थानमा टायरबालेर प्रदर्शन गरेका थिए।

तलबमा नेपाल प्रहरीले अनियमितता गरेको भन्दै म्यादी प्रहरीले शुक्रबार आन्दोलन गरेका थिए। आन्दोलनमा रहेका म्यादी माथी गोली चलाउँदा शुक्रबार दिउँसो रासकोट नगरपालिका २ घर भएका म्यादी प्रहरी विवेक ऐरीको ज्यान गएको थियो। जिल्ला प्रहरी कार्यालयको गेटमा नै उनीमाथी गोली प्रहार भएको थियो। उक्त घटनामा अनावश्यक बल प्रयोग गरी गोली चलाउनु मानवअधिकारको उलंघन भएको भन्दै प्रदर्शनकारीले दोषीमाथि कडा कार्वाहीको माग गरेका छन् ।

 

घटना घटेपछि विना विभागीयमन्त्री महेन्द्रबहादुर शाहीले घटनालार्य तत्काल वार्ता र संवादमार्फत समाधान खोजी दोषीमाथि कार्वाहीको माग गरेका छन् । उनले कालिकोटको सदरमुकाममा म्यादी प्रहरी विवेक ऐरीको दुःखद मृत्यु र आधा दर्जन जति घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

उनले प्रेस विज्ञप्ति प्रकाशित गरी यस्तो दुःखद घटना हुनुका कारण पत्ता लगाइ दोषीमाथि कारबाही गर्न माग गरेका छन्।
त्यसैगरी ६ नम्बर प्रदेशका क्षेत्रिय प्रशासक सुरेशकुमार प्रधान पनि उत्तः घटनापश्चात कालिकोट पुगेका छन्।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी