विहारका पुर्व मुख्य मन्त्री लालुप्रसाद यादव चारा घोटालामा पक्राउ, अन्य १५ पनि दोषी ठहर

148 Hits

नयाँ दिल्ली, ८ पुस ।
भारतको विहार प्रदेशका मुख्यमन्त्री लालुप्रसाद यादव चारा घोटालामा पक्राउ परेका छन् ।
यादवलाई सिबिआइको विशेष अदालतले चारा घोटालामा दोषी ठहर गरेपछि प्रहरीले हिरसातमा लिएको हो। उनलाई अदालत परिसरबाटै हिरासतमा लिइएको थियो। उनीसँगै अन्य १५ जनालाई पनि सोही अभियोगमा दोषी ठहर गरिएको छ । उनीहरुले ९ सय करोड घोटाला गरेको अभियोग उनीहरुलाई छ । पशुलाइ दिइने दोनाको रकमका घोटाला भएको यो काण्ड चर्चित काण्ड हो ।

सन् १९९१ देखि १९९४ सम्म देवघर राज्यकोषको ८५ लाख भारतीय रुपैया हिनामिना गरेको आरोप उनीमाथि लागेको थियो। उनलाई कति समय जेल वा जरिवाना भन्ने करा अहिलेसम्म तोकीएको छैन । अदालतले जनवरी ३ तारिखमा सजाय तोक्ने बीबीसीले जनाएको छ।

आफ्‍ना कान्छा छोरा र पूर्वउपमुख्यमन्त्री तेजस्बी यादवसँगै शनिबार बिहान उनी अदालतमा उपस्थित भएका बेला पक्राउ परेका उनले आफ्ना समर्थकलाई शान्त रहन अपिल गरेका थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार यो घोटालामा लालुसँगै १५ जनालाई दोषी करार गरिएको छ। विहारका उपमुख्यमन्‍त्री सुशीलकुमार मोदीले कडा टिप्पणी दिँदै बिउ रोपेअनुसारको फल पाएको बताए। यादवले आफू विहारमा मुख्य मन्त्री विकास नगरेको र दम्भ र अंकार फैलाएको आरोप उनीमाथि लाग्दै आउको थियो । उनले आफूलाई जवतक रहेगे समोसेमे आलु तवतक रहेंगा विहारमा लालु भन्ने गरेका थिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी