समृद्धिको लागि सबै मिलेर जाऔं- प्रचण्ड

156 Hits

बुटवल, ८ पुस ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ले मुलुकको विकास र समृद्धिको लागि सबै मिलेर अगाडि वढ्नुपर्ने बताएका छन् ।

नेपाल जेसिजको ४४औँ राष्ट्रिय महाधिवेशनलाई शनिवार भैरहवामा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रको सुदृढीकरण विकास र समृद्धिका निम्ति सबैको समान सहभागिता हुनुपर्नेसमेत बताए । सत्तापक्षका रुपमा रहेको नेपाली कांग्रेस र बाम गठबन्धनबीच विभिन्न विषयमा असमझदारी वढिरेका बेला उनले राष्ट्रिय मुद्दाहरुमा सत्तापक्ष र प्रतिपक्षका बीचमा समझदारी कायम गर्दै अघि बढ्नुपर्ने धारणा राखेका छन् । ।

प्रचण्डले मुलुकलाई आर्थिक समृद्धिको पाटोमा अगाडि डो¥याउन सबै दलबीच सहमति, सहकार्य र समन्वयको जरुरी हुनुपर्नेमा जोड दिंदै भने “अब ढिला नगरी समृद्ध नेपाल निर्माण गर्नतर्फ लाग्नुपर्छ, मुलुक विकसित भए विश्वले हेर्ने दृष्टिकोणमा समेत परिवर्तन हुन्छ ।”

तीन तहको निर्वाचनपछि मुलुक आर्थिक समृद्धि र विकासको बाटोमा अगाडि बढेको उल्लेख गर्दै प्रचण्डले राजनीतिक दल र नेताका लागि अब परीक्षाको घडी शुरु भएको पनि बताए ।

देशमा स्थायित्व दिन नसके मुलुक फेरि पुरानै राजनीतिक चक्रब्यूहमा फस्ने उहाँको भनाइ थियो । अध्यक्ष प्रचण्डले राष्ट्र निर्माण र मुलुकलाई आर्थिकरुपमा सक्षम र सवल बनाउनका लागि युवाको भूमिका थप बढेको बताउँदै देशलाई समृद्ध बनाउन युवालाई अहम् भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य मन्त्री दीपक बोहरा, खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाक, महाधिवेशन निर्देशक महेन्द्रकुमार श्रेष्ठ, नेपाल जेसिजका अध्यक्ष प्रकाश अधिकारीलगायतले संवोधन गरेका थिए । जेसिजको महाधिवेशन सोमबार नयाँ नेतृत्व चयन गर्दै सकिने जनाइएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी