होला त मोहन बैद्य र प्रचण्डबीच एकता ? यस्तो छ वास्तविकता

144 Hits

काठमाडौं, ८ पुस ।
नेकपा माओवादी बैद्य समुह नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने चर्चा फेरी आकासिएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा देशभक्त गणतानित्रक मोर्चाको नामबाट चुनावमा भाग लिएता पनि कुनै पनि सिटमा जित हासिल गर्न नसकेको तथा धरौटी समेत जफत हुन पुगेको अवस्थामा बाम गठबन्धन बनाएर अगाडि वढेको माओवादी केन्द्रसँग एकता गर्ने कुराले अहिले चर्चा पाएको छ ।
वास्तवमा के हो त बैद्य नेतृत्वको माओवादी र प्रचण्ड नेतृत्वका माओवादी केन्द्रबीच एकताको छलफल कसरी अगाडि वढेको छ त , एक माओवादी नेताले मूलखबरलाई भने माओवादी केन्द्को तर्फबाट पटक पटक एकताको लागि आग्रह गरिएको हो अझै पनि उहाँहरुलाई हामीले आव्हान गरिरहेका छौं तर बैद्य जी रिजर्भ बस्नुभएको छ । उहाँ अगाडि वढ्न पनि नसक्ने पछाडि हट्न पनि नसक्ने अवस्थामा देखिनुभएको छ ।
नेकपा क्रान्तिकारी माओवादी पार्टी मोहन बैद्यको नेतृत्वमा छ । तत्कालिन नेकपा माओवादीका वरिष्ठ नेता मोहन बैद्य माओवादी शान्ति प्रक्रियामा आउँदा भारतको जेलमा बन्दी जिवन विताइरहेका थिए ।
प्रचण्डले जेल मुक्त गर्ने वातावरण बनाई शान्ति प्रक्रिया अगाडि वढाउँदा बैद्यलाई भने शान्ति प्रक्रियामा आएको मन परेको थिएन । बैद्य जेल मुक्त भएपछि जनयुद्ध रोकेकोमा र शान्ति प्रक्रियामा आएकोमा चित्त नबुझाई पार्टी भित्र निरन्तर फरक मत राख्दै आए र अन्तत्वगत्वा पाटी विभाजन गराए ।
उनले नेपालमा शशस्त्र क्रान्ति नै सम्भव र आवश्यक छ भन्ने मान्यता बनाएर पाटीृ गठन गरेको भएता पनि उनको पार्टी दुई वर्ष नपुग्दै पुन टुक्रा टुक्रा भएर फुट्दा जवकी प्रचण्डले टुटेका पार्टी र नेताहरुलाई एकतावद्ध गर्दै लगिरहेका छन् ।
मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीभित्र अहिले प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्नुपर्ने बहसले स्थान पाएको छ । पार्टीको केन्द्रीय सचिवालयको बैठकमा बैद्य आफैंले क्रान्तिकारी ध्रुविकरणको प्रस्तावमा माओवादी केन्द्रबारे नरम विचार राखेपछि एकताको कुराले चर्चा पाएको हो । त्यसो पार्टीभित्र रहेका केही नेताहरुले कि त क्रान्ति गर्नुपर्नै की त माओवादी केन्द्रसँग एकता गरेर अगाडि वढ्न दबाब दिएका क्रान्तिकारी माओवादीका एक नेताले बताए । उनले भने अब बिचमा हल्लीरहनुको कुनै अर्थ छैन, हामीले तिब्र बहस सञ्चालन गर्ने सोच बनएका छौं ।
देशभक्त जनगणतान्त्रिक मोर्चाको नाममा चुनाव लडेको क्रान्तिकारी माओवादीले समानुपातिक तर्फ १३ हजार ९ सय ४२ भोट पाएको छ ।

यस्तो छ प्रण्ड र किरणको सम्वन्ध
प्रचण्डका राजनतिक गुरु हुन् किरण अर्थात मोहन बैद्य । किरण नेकपा मोटो मशालका महामन्त्री भएका बेला राजधानीमा सेक्टर काण्ड घटयो । जसका कारण पार्टीलार्य क्षती पुगेको स्वीकार्दै महामन्त्रीबाट राजीनामा दिएर किरणले प्रचण्डलाई महामन्त्री बनाए ।

प्रचण्डको नेतेत्वमा पार्टी आएपछि एकतको प्रक्रिया अगाडि वढ्यो र नेकपा एकता केन्द्र गठन भयो । किरण प्रचण्डको पार्टीमै रहे । पछि नेकपा माओवादी गठन गरेर जनयुद्ध गर्ने कुरा भयो किरणले जनयुद्धलाई विस्तारै अगाडि वढाउनुपर्छ भन्ने मान्यता अगाडि सारे प्रचण्डले तिब्रतामा लैजाने निर्णय गरे । जनयुद्धको रफ्तार बढ्दै गयो प्रचण्ड वार्ता र संवादमार्फत राजनीतिक अस्तित्व बनाउनुपर्छ भन्ने मान्यता राख्ने बैद्य भुमिगत नै भइराख्नुपर्छ भन्ने मान्यता राख्ने । त्यसै अनुरुप प्रचण्ड र डा. बाबुराम भट्टराईले जनयुद्धलाई शान्त प्रक्रियामा लैजाने योजना बनाए किरणले त्यसलार्य सैद्धान्तिक रुपमै विरोध गरे ।

शान्ति प्रक्रियामा आएपछि संविधान सभालाई गर्ने सवालमा पनि किरणले सकारात्मक सोच बनाएनन् उनले संविधानसभाको सभासद पद नै छाडेर हिंडे । उनलाई राष्ट्रपति बनाउनुपर्छ भन्ने मत थियो, त्यो हुन सकेन । पछि संविधानसभाको पहिलो कार्यकालमा संविधान बन्न सक्ने प्रबल संभावना थियो । एकल जातिय पहिचान सहितको १४ राज्य हुनुपर्ने लगायतका अडानका कारण बन्नै लागेको संविधान पनि बनेन र पहिलो संविधानसभाको विघटन गराई दोश्रो निर्वाचनमा गयो ।

दोश्रा संविधानसभामा प्रचण्ड नेतृत्वको तत्कालिन माओवादीलाई हराउन नेपाली कांग्रेस र एमालेसँग आर्थिक चलखेल समेत गरेको आरोप बैद्य माओवादीलाई लाग्यो । दोश्रो संविधानसभाले संविधान बनायो । त्यसमा बैद्य माओवादीको कुनै भुमिका रहेन । त्यसपछि भएको स्थानिय तहको निर्वाचनमा पनि मोर्चाको नाममा निर्वाचनमा भाग लियो र परिणाम शुन्य हात लाग्यो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी