पोखरेल फेरि मन्त्री भएको हेर्ने महोत्तरीवासीको चाहना

146 Hits

महोत्तरी ८, पुस/

महोत्तरी जिल्लाबासी ले महोत्तरी जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर -१ बाट बिजयी गिरिराजमणि पोखरेल पुन मन्त्री भएको हेर्ने चाहाना भएको बताएका छन । एकै क्षेत्रबाट लगातार तीन पटकसम्म बिजयी भएका पोखरेल सामाजिक र विकासवादी नेता भएकोले एक पटक फेरि मन्त्री हुनुपर्ने स्थानीयको माग छ ।

चुनाव जिते लगत्तै मतदाताको घरदैलोमा पुगेर धन्यवाद र आभार ज्ञापन गरि रहनु भएका पोखरेललाई अधिकास मतदाताले अब बन्ने बामपंथीको सरकारमा महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी लिन आग्रह गरेका छन । बधाई र शुभकामना आदानप्रदान गर्ने क्रममा स्थानिय मतदाताले पोखरेललाई फेरि मन्त्री बन्न आशीर्वाद पनि दिएका छन । युवा, महिला वृद्ध सबैले पोखरेल मन्त्री भए महोत्तरीको मुहार फेरिने बताएका छन । महोत्तरी जिल्लाको विकासमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुभएका पोखरेलले शिक्षा मन्त्री र स्वास्थ मन्त्री हुँदा जिल्लाको स्वास्थ र शिक्षा क्षेत्रमा आमूल परिवर्तन गरेको स्थानीयले बताएका छन ।

नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता र हाल बिना बिभागिय मन्त्री समेत रहनु भएका पोखरेलले लामो समयदेखि जिल्लाको विकासमा टेवा पुराउदै आउनुभएको छ । ‘मन्त्री हुँदा होस वा नहुदा जिल्लाको सबै खाले विकासमा पोखरेल को महत्त्वपूर्ण भुमिका छ’ गौशाला नगरपालिकाका नेता बिष्णु लामाले भन्नुभयो : महोत्तरीको सबैखाले विकासमा पोखरेलको सक्रिय भुमिका छ ।’ यो पटक बामपंथीहरुको स्थायी सरकार बन्ने पक्का भएकोले पोखरेलले महत्त्वपूर्ण मन्त्रालय पाउनुपर्ने स्थानीयको माग छ ।

महोत्तरी जिल्लाको ४ वटा प्रतिनिधि सभा क्षेत्रमा क्षेत्र नम्बर -१ बाहेक सबै क्षेत्र मधेसवादी दलको गठबन्धनले जितेको छ । विकास प्रेमि को रुपमा परिचित पोखरेलले महोत्तरी जिल्ला प्रतिनिधि सभा क्षेत्र-१ बाट अत्याधिक मतले बिजयि हुनुभएको हो । लामो समयदेखि महोत्तरी जिल्लाको समग्र विकासको लागि कृयाशिल पोखरेलले जनताको माझमा लोकप्रिय भएकै कारण पनि बिजय सम्भव भएको स्थानिय बताउछन् । यस अघि २०६४ र २०७० सालमा भएको निर्वाचनमा पोखरेल यहि क्षेत्रबाट अत्याधिक मत ल्याएर बिजयी हुनु भएको थियो । २०६४ सालमा पोखरेल तत्कालीन जनमोर्चा तर्फबाट उम्मेदवार बन्नु भएको थियो । सङ्ख्यात्मक हिसाबले सानो मानिएको पार्टी जनमोर्चा नेपालको तर्फबाट उम्मेदवारी दिनु भएको पोखरेल अत्याधिक मत ल्याएर बिजयी हुनु भएको थियो । २०६५ मा पार्टी एकता पछि तत्कालीन एकीकृत नेकपा माओवादी बाट सोही क्षेत्रको उम्मेदवार बन्नु भएका पोखरेल दोस्रो पटक निर्वाचित हुनुभएको थियो । सांसद र मन्त्री हुँदा जिल्लाको समग्र विकासमा कृयाशिल रहनुभएका पोखरेल शिक्षा मन्त्री र स्वास्थ मन्त्री हुँदा जिल्लाका महत्त्वपूर्ण कामहरु गर्नु भएको थियो ।

मन्त्री पोखरेलको महोत्तरी जिल्ला बर्दिबास नगरपालिका वडा नम्बर ३ मा मत अधिकार छ । पोखरेल बर्दिबास ३ कै गौरिडाडामा रहेको सामुहिक आवास “आधारशिला” मा बस्नुहुन्छ । एक पटक सफल शिक्षा मन्त्री र ३ पटक सम्म सफल स्वास्थ मन्त्री रुपमा परिचीत मन्त्री पोखरेलको महोत्तरीमा राम्रो प्रभाव रहेको छ । सामुहिक जीवनमा रहनु भएका पोखरेल उत्पिडित समुदाय र गरिब किसानका हक अधिकारका लागि लामो समयदेखि कृयाशिल हुनुहुन्छ । समग्र महाेत्तरी जिल्लाकाे बिकास र बिशेषगरी जिल्ला काे उत्तरी भेगकाे बिकास गर्ने बिकास पुरुषकाे रुपमा परिचित पोखरेललाई स्थानीय जनताले मधेसप्रेमी नेताको रुपमा चिन्छन ।

घरदैलो आज पनि जारी

महोत्तरी-१ बाट प्रतिनिधि सभामा अत्याधिक मतले बिजयी गराएको भन्दै पोखरेलले आम मतदातालाइ घरैमा पुगेर धन्यवाद व्यक्त गरिरहनु भएको छ । पोखरेल ले आजपनी बर्दिबास नगरपालिकाको बिजलपुरा, बर्दिबास बजार लगायत विभिन्न वडाको मतदाताको घर घरमा घरदैलो घरदैलो गर्नुभएको छ । घरदैलोको क्रममा पोखरेललाई स्थानीय मतदाताले प्रत्येक घर घरबाट फुलमाला र अबिर लगाएर सम्मान व्यक्त गरेका छन ।

घरदैलोको क्रममा महोत्तरी जिल्ला प्रतिनिधि सभा-१ को प्रदेश सभा-१ बाट बिजयी सारदादेवी थापा र प्रदेश सभा-२ बाट बिजयी भरतप्रसाद शाहलाई पनि मतदाताले भव्य स्वागत गरेका थिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी