निर्वाचनपछि पहिलोपटक प्रमूख दलहरुको छलफल, कस्तो रह्यो ओली र देउवाको पहिलो भेट

139 Hits

काठमाडौं, ७ पुस ।
प्रतिनिधि सभा र प्रदशे सभाको निर्वाचन सम्पन्न भएपछि पहिलो पटक आज प्रमुख राजनीतिक दलहरुबीच छलफल भएको छ। प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अयोजना गरेको बैठक सरकारी निवास बालुवाटारमा भएको हो ।

संविधान कायान्वयनको प्रमूख पक्ष रहेको निर्वाचन सम्पन्न गरेपछि धन्यवादको पात्र बनेका प्रधानमन्त्री शेर बहादुर देउवाले सत्ता हस्तान्तरण गर्न नमानेको आरोप वाम गठबन्धनका नेताहरुले लगाइरहेको बेला प्रधानमन्त्रीको हैसियतमा देउवाले राजनीतिक सहमति जुटाउन बैठकको अयोजना गर्नुलाई सकारात्मक रुपमा लिइएको छ ।

बैठकमा सरकार र अन्य दलहरुबीच देखिएको पछिल्लो असमझदारीका विषयमा छलफल गरिने बताइएको छ । विशेष गरेर राष्ट्रिय सभा गठनको लागि कुन प्रणाली अवलम्वन गर्ने र राष्ट्रपति समक्ष सरकारले पठाएको अध्यादेश पारित कसरी गराउने भन्ने विषयमा सहमति जुटाउन छलफलको आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको सहभागी छन्।

त्यस्तै, नेताहरु माधवकुमार नेपाल, रामचन्द्र पौडेल, सुवासचन्द्र नेम्वाङ, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा पनि छलफलमा सहभागी छन्। प्रधानमन्त्री देउवाले छलफलका लागि निर्वाचनबाट पहिलो दल बनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र संघीय समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई छलफलका लागि बोलाएका हुन्। पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री देउवाले दलका नेताहरुलाई ११ बजे बोलाएका थिए।

सरकारले राष्ट्रियसभा गठनका लागि एकल संक्रमणीय व्यवस्था राखेर विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको थियो। जसको वाम गठबन्धनमा सहभागी नेताहरुले बहुमतीय प्रणालीअनुसार राष्ट्रियसभा गठन गर्नुपर्ने भन्दै उक्त विधेयक पारित नगर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए। राष्ट्रियसभा गठनको प्रणालीबारे सरकार र वाम गठबन्धनको फरक(फरक धारणा आएपछि उक्त विधेयक राष्ट्रपति कार्यालयले जारी गरेको थिएन।

राष्ट्रपतिले प्रधानमन्त्रीलगायत दलका शीर्ष नेताहरुलाई विधेयकमा सहमति गरेर आउन आग्रह गरेकी थिइन्। यो बीचमा राष्ट्रियसभा गठनको प्रक्रिया कस्तो हुने भन्ने विषयमा दलका शीर्ष नेताहरुबीच छलफल भएको थिएन। प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भने निर्वाचन पहिलेदेखि नै भेटघाट भएको थिएन। अध्यक्ष ओलीले निर्वाचनपछि प्रधानमन्त्रीसँग फोनमा समेत वार्ता नभएको बताएका थिए।

प्रधानमन्त्री प्रचण्ड र माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमनत्री प्रचण्डबीच टेलिफोन र भेटवार्तासमेत भइरहेको थियो । माओवादी केन्द्रले राष्ट्रपतिले अध्यादेश रोकेर राख्नु उचित नहुने र सरकारले पनि सहमतिको प्रयास गराउनुपर्ने धारणा राख्दै आएको थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी