वरिष्ठ डाक्टर नै विरामी परेपछि….

101 Hits

काठमाडौं, ७ पुस ।

सामान्य मानिस विरामी भएपछि डाक्टरकहाँ जान्छन् । सामान्य डाक्टरको उपचारबाट ठिक नभए ठूला र वरिष्ठ डाक्टरकहाँ जान्छन् । तर डाक्टर नै विरामी परेपछि के गने । यस्तै भएको छ । नेपालका वरिष्ठ स्नायू विशेषज्ञ डा। उपेन्द्र देवकोटा अस्वस्थ भएका छन्। स्वास्थ्यमा खराबी आएपछि देवकोटाको बेलायतस्थित एक अस्पतालमा उपचार भइरहेको छ । पारिवारिक स्रोतले जनाए अनुसार केही समयअघि मात्र पित्तथैलीमा पत्थरी देखिएको र थप पीडा महसुस गरेपछि दुई साताअघि उपचारका लागि डा. देवकोटा बेलायत प्रस्थान गरेका थिए ।

नेपालमा टाउको र स्नायुसम्वन्धी सबैभन्दा प्रमूख विज्ञ चिकित्सकका रुपमा परिचित देवकोटाले सोही उपचारको लागि काठमाडौं बाँसबारीमा स्नायु रोग उपचार गर्ने न्युरो अस्पताल पनि स्थापना गरेका छन् ।

 

डा। देवकोटा नेपालमा मात्र नभई विदेशमा पनि उत्तिकै परिचित छन्। उनले हालसम्म करिब ३० हजार मानिसको टाउको र नसा सम्बन्धी रोगको शल्यक्रिया गरिसकेका छन् भने १० लाख भन्दा बढी बिरामी जाँच गरेका छन्। लामो समय वीर अस्पतालमा काम गरेका डा। देवकोटा  नेपालको पुर्व स्वास्थ्य मन्त्री समेत हुन्।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी