प्रधानमन्त्री देउवाले तत्काल राजिनामा दिनुको विकल्प छैन: सापकोटा

132 Hits

काठमाडौं, ६ पुस – नेकपा माओवादी केन्द्रका नेता अग्नि प्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजिनामा दिनुपर्ने माँग गरेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता सापकोटाले प्रधानमन्त्री देउवाले तत्काल राजिनामा दिएर नयाँ सरकार गठनको लागि मार्गप्रशस्त गर्नुपर्ने बताएका हुन् । उनले भने,‘प्रधानमन्त्री देउवाजीको एउटै राजिनामाले अहिलेको गत्यारोधको निकास दिन्छ, राजिनामा दिन उहाँले किन ढिलाई गर्नुभएको छ, हामीले बुझ्न सकेको छैन, नयाँ जनमतको सम्मान गर्दै राजिनामा दिँदा नै कांग्रेसको पनि भलो हुन्छ, राजिनामा दिन जति ढिलाई हुन्छ त्यति नै कांग्रेसलाई घाटा हुन्छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता सापकोटाले राष्ट्रिय सभासम्बन्धी निर्वाचनको बारेमा पहिल्यै नै बुहमतीय संक्रमणीय व्यवस्थाको आधारमा जाने सहमति भएको दाबी गरे । उनले थपे,‘निर्वाचन आयोग, तत्कालिन सरकार र संसदको राज्य व्यवस्था समितिमा पनि राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी बहुमतीयकै आधारमा जाने सहमति भएको थियो, अहिले आएर यसरी बेखडा झिक्नुहुँदैन थियो, नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक हुँ भन्ने पार्टीले यस्तो काम गर्नु गलत भयो।’

नेता सापकोटाले नयाँ जनमत आईसकेको अवस्थामा प्रधानमन्त्रीले अब विलम्ब नगरी राजिनामा दिँदा सबै खाले शंकाहरु दुर हुने समेत स्पष्ट पारे । ‘प्रधानमन्त्री देउवाजीले राजिनामा दिएपछि बसेर सहमति खोज्दा राम्रो हुन्छ’ उनले भने,‘राजिनामाको लागि प्रधानमन्त्रीले ढिलाई गर्नुहुँदैन, यो राजनीतिक विषय भएकोले यसलाई राजनैतिक रुपमै हल गर्नुपर्छ।’

राष्ट्रपतिले अध्यादेश राकेको भनेर कांग्रेसले आरोप लगाउनु सरासर गलत भएको समेत उनको भनाई थियो । उनले भने,‘राष्ट्रपतिले बरु दलहरुवीच सहमति खोज्नुहोस् भनेर बारबार आग्रह गर्नुभएको छ, उहाँलाई विवादमा मुछ्नु गलत हुनजान्छ, बरु सरकारले यसरी अध्यादेश ल्याउनु र पास गर्न दबाब दिनु चाहीँ यसमा केही नीहित स्वार्थ छ भन्ने पुष्टि हुन्छ।’

फरक प्रसँगमा उनले एमाले–माओवादी केन्द्रवीच पार्टी एकता अब कसैले चाहेर पनि रोक्न नसक्ने जिकिर गरे । सापकोटाले थपे,‘पार्टी एकता संयोजन समिति बनाएर हामी चुनावी महाअभियानमा होमिएका थियौं, जनताले पनि सोही अनुसार जनमत दिएका छन्, एकताबाट दायाँबायाँ गर्नुहुँदैन, दुई पार्टीबाट जसले दायाँबायाँ गरे तीनलाई जनताले विस्थापित गर्छन्।’ उनले कांग्रेसलाई अरु पार्टीसँग एकता गर्न सुझाव दिए ।
त्यस्तै उनले अब बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बन्ने समेत घोषणा गरे । सापकोटाले थपे,‘दुवै पार्टीका शीर्ष नेताहरुलाई कार्यकारी पद दिनेबारे पहिल्यै नै सहमति भएको हो, एकजना प्रधानमन्त्री बन्दा अर्को नेता एकीकृत पार्टीका अध्यक्ष बन्ने पक्का छ।’

सिन्धुपाल्चोकबाट निर्वाचित सांसद समेत रहेका नेता सापकोटाले सरकार बनेको तीन महिनाभित्रै चीनसँगको तातोपानी नाका खुल्ने समेत दाबी गरे । उनले भने,‘म चुनावी अभियानमा भएको बेला क्लबका अध्यक्ष ऋषिजी साक्षात्कार गर्न सिन्धुपाल्चोक आउनुभएको थियो, त्यतिवेला पनि मैले घोषणा गरेको थिएँ कि तातोपानी नाका सरकार बनेको तीन महिनाभित्रै सुचारु हुन्छ भनेर, अब त्यसको लागि मैले पहल सुरु गरिसकेको छु, चीनका लागि नेपाली राजदुत लिलामणि पौड्यालजीसँग पनि कुरा गरिसकें, चीनीयाँ नेताहरुसँग पनि छलफल गरेको छु, अब छिट्टै नेपालका लागि चीनीयाँ राजदुतसँग पनि कुरा हुँदैछ।’

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी