नेपालको उच्चस्तरिय सरकारी टोली बेल्जियम जाँदै, युरोपका नेपालीसँग अन्तरक्रिया गर्ने

1541 Hits

बेल्जियम, । परराष्ट्र मन्त्रालयको एक समुहले आगामी २४ देखि जनवरी ३ सम्म बेल्जियमको भ्रमण गर्ने भएको छ । परराष्ट्र मन्त्रालयका सह–सचिव कृष्ण प्रसाद ढकालको नेतृत्वमा नेपालको उच्चस्तरिय सरकारी टोलीले १० दिन बेल्जियको ब्रसेल्सको भ्रमण गर्न लागेको हो ।

गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमले युरोप भ्रमणमा रहेको परराष्ट्र मन्त्रालयको साथै उच्चस्तरिया भ्रमण टोलीसंग आगामी डिसेम्वर २६ तारिक बेल्जियमको आन्तर्पेनमा बिभिन्न बिषयमा अन्तक्रिया कार्यक्रमको आयोजना गरेको एनआरएनए बेल्जियमका अध्यक्ष लोक दाहालले बताए ।

दाहालले भने,‘नेपाल र युरोप धेरै लामो समयदेखि भौगोलिक रुपमा अत्यन्त टाढा भएता पनि भावनात्मक र कुटनैतिक सम्वन्धको हिसावले अत्यन्त निकटतामा रहेको हामीलाई अनुभुति भइरहेको छ । परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुको भ्रमणले सम्वन्धमा थप सुदृढ हनेछ’ । युरोपमा विभिन्न पेशा व्यवसाय र काम विशेषले रहनुभएका हजारौको संख्यामा नेपालीहरु छन् । त्यसमा पनि गैरआवासिय नेपाली संघमा आवद्ध नेपालीहरु हुनुहुन्छ । गैरआवासिय नेपालीहरुले नेपालबाट भौतिक रुपमा टाढा रहेर पनि नेपाल र नेपालीको विकासको लागि निरन्तर क्रियाशिल र सक्रिय रहेको छौ ।

पछिल्लो अवधिमा नेपालमा २०७२ बैसाख १२ गते आएको महाविनाशकारी भुकम्पपश्चातको पीडा र धनजनको क्षतीमा गैरआवासिय नेपाली संघले संस्थागत रुपमा गरेको सहयोग तथा अन्य विभिन्न क्षेत्रहरुमा भएका विकास निर्माण, शिक्षा, स्वास्थ्य र सामाजिक जागरणमा समेत महत्वपूर्ण भुमिका खेलिरहेको सर्वविदितै छ ।

नेपालमा भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण रुपमा सफलतापुर्वक सम्पन्न भएकोमा हामी गैरआवासिय नेपालीहरुमा गैर आवसीय नेपालीहरु धेरै खुशी भएका छन । यसले देशको स्थायी सरकार तथा देशको बिकासमा थप टेवा पुग्नेमा एनआरएनएहरुको बिश्वस भएको दाहालले बताए । अन्र्तक्रिया कार्यक्रममा गैर आवसीय नेपाली संघ केन्द्रीय उपाध्यक्ष कुल आर्चायको पनि उपस्थिति हुने अध्यक्ष दाहालले बताए ।

दाहालले अन्र्तक्रिया कार्यक्रममा उपस्थित हुनका लागि बेल्जियम स्थित सम्पूर्ण संघ संस्था, पत्रकार, गÞैर आवासीय नेपालीहरु उपस्थित भईदिनुहुन आवहान गरेका छन ।

एनआरएए बेल्जियमले निम्न बिषयमा अन्र्तक्रिया कार्यक्रम गदै छ ।

१ गैरआवासिय नेपालीहरुको एकीन तथ्यांकबारे सरकारी पहल र चासो आवश्यक छ ।
२ युरोपका मुलुकहरुमा राजदुतावास र सरकारी प्रतिनिधिहरु पर्याप्त छैन ।
३ गैर आवासिय नेपालीहरुले भागिरहेको दोहोरो नागरिकताको समस्या अझै हल भएको छैन ।
४. गैरआवासिय नेपालीहरुलाई नेपालमा लगानी गर्ने वतावरण निर्माण गरी प्रत्साहीत गर्नु आवश्यक छ ।
स्थान : होटल नेशनल (आनत्वोरपिन)
समय : बेलुका ५ बजे
मिति : २६ डिसेम्वर २०१७

गैर आवासीय नेपाली संघ बेल्जियम (परिवार)

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी