नेताको शोक मनाउन जाँदा १० को ज्यान गयो, ३० भन्दा वढि घाईते

99 Hits

मूलखबर
काठमाडौं, ४ पुस ।
अर्काको शोक मनाउन जाँदा आफ्नै ज्यान जाला भन्ने कसले सोचेको हुन्छ र ? तर यस्तै भयो बंगलादेशमा । बंगलादेशमा एकजना राजनीतिक नेताको शोकमा आयोजना गरिएको प्रार्थना समारोहमा भागदौड मच्चिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ३० भन्दा वढि घाइते भएका छन् ।

बंगलादेशी प्रधानमन्त्री सेख हसिनाको सत्तारुढ दल अवामी लिग पार्टीका नेता एविएम मोहिउद्धिन चौधरीको निधनमा आयोजना गरिएको शोधसभामा भागदौड मच्चिँदा उक्त मानविय क्षती भएको हो । यही डिसेम्बर १५ का दिन निधन भएका चौधरी चिट्टागोङका मेयर समेत भइसकेका व्यक्ति हुन् ।

 

बंगलादेशको दक्षिण दक्षिणपश्चिमी क्षेत्रमा पर्ने चिट्टागोङ सहरमा भएको सो घटनामा घाइते भएकामध्ये १० जनाको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्न सक्ने प्रहरीले बताएको छ । भीडमा अक्सिजनको कमी भै श्वासप्रश्वासमा समस्या हुँदा मृत्यु भएको बताइएको छ ।

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी