उदार अर्थनीति लागु गर्दा देश पराधिन भयो- देब गुरुङ्ग

328 Hits

काठमाडौं, ३ पुस
नेकपा माओवादी केन्द्रका नेता तथा लमजुङ्गबाट प्रतिनिधि सभामा विजयी उम्मेदवार देब प्रसाद गुरुङ्गले नेपालमा उदार अर्थतन्त्रको नीति अंगिकार गर्दा मूलुक पराधिन भएको बताएका छन् ।

 

प्रतिनिधि सभा सदस्यमा विजयी बनेका गुरुंगलाई बधाई दिनको लागी लमजुङ्ग काठमाडौं संघिय जनसम्पर्क मञ्चले सोमवार आयोजना गरेको कार्यक्रममा मन्तव्य राख्दै गुरुङ्गले रामशरण महतले शुरु गरेको अर्थनीतिमा बाबुरामले पनि पछ्याएपछि मूलुक झन पराधिन बनेका बताएका हुन् ।

 

उनले भने माओवादीले पहिलोपटक सत्ता सञ्चालन गर्दा राष्ट्रलाई स्वाधिन र समृद्ध बनाउन भ्रष्टाचारमूक्त सासन बनाउनुपर्छ भन्ने प्रतिबद्धता गरेको भएतापनि त्यसलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न नसक्दा समस्या आएको बताए । उनले अब मूलुकलाई स्वाधीन अर्थतन्त्रको माध्यमबाट समृद्धि र विकासको यात्रामा लैजान सकिने बताए ।

 

उनले बाम गठबनधनलाई सिंगै देशले अनुमोदन गरिसकेकोले एकता अनिवार्य सर्त रहेको स्पष्ट पारे । उनले भने अब कम्युनिष्टहरुबीचको एकता अनिवार्य बनेको छ जनताको म्यान्डेट पनि यही छ ।

 

लमजुंगबाट बाम गठबन्धनको साझा उममेदवारको रुपमा प्रतिस्पर्धि कांग्रेस उमेदवारभन्दा ८ हजार वढि मतान्तरले विजयी बनेका गुरुंगले आफू विशेष गरेर लमजुङ्गको विकास र सिंगो मुलुकको समृद्धिमा आफू केन्द्रीत हुने प्रतिबद्धता व्क्त गर्दै लमजुङ्गलाई कृषि, पर्यटन र जलविदुतको विकास मार्फत विकास र समृद्धिको उच्च विन्दुमा पुर्याउने आफ्नो योजना रहेको बताए ।

 

कार्यक्रममा शुभकामना र बधाई मन्तव्य व्यक्त गर्दे प्राध्यापक इश्वर प्रसाद न्यौपाने, गणतान्त्रिक कानुन कर्मी नेता कृष्ण पोखरेल, वरिष्ठ पत्रकार सन्तोष पौडेललगायतले लमजुंगको विकास र समृद्धिको लागी लमजुङ्गले केन्द्रीय शक्तिशाली मन्त्रालयको नेतृत्व गर्नु अपरिहार्य रहेको बताए ।
सहभागिहरुले आजसम्म लमजुङ्ग राजनीतिक रुपमा गोर्खा, तनहुँ र कास्कीको छायाँ पर्दै आएकाले गुरुंगको विजयमार्फत पुरानो परम्पराको अन्त्य गरी नयाँ विकास र समृद्धिको नेतृत्व लमजुङ्गले गर्नुपर्ने धारणा, सुझाव तथा अपेक्षा व्यत्तm गरेका थिए ।

मञ्चका सचिव तथा शहीद परिवार तिर्थ न्यौपानेको संचालन र अध्यक्ष गुणराज घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गोपाल न्यौपानेले स्वागत गरेका थिए । उक्त कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सल्लाहाकार ऋषिराम पौडेल, डा. श्रीकृष्ण गिरी, राष्ट्रिय योजना आयोगका सदस्य चन्द्रकान्त पौडेल, पुर्व सांसद तथा माओवादी नेताहरु यशोदा सुवेदी, बुद्धिराम तमु र लालबहादुर गुरुंगसहित दुईसय बढिको सहभागिता रहेको थियो ।

 

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी