२५ को भाग ल्याम्ला…तलाई बोसो काचै खान दिम्ला…

964 Hits

-भरत मरेटा-

गाउँमा कसैको घर बन्नलाग्दा म्यादी जागिर खुले सरह नै हुन्थ्यो l ढुंगा उक्काउने/बोक्ने, काठ चिर्ने, माटो मुछ्ने…आदि l दिनभरी दुंगा बोकेपछि दिउसो चिउरा तरकारी खान दिएर मान्छे हेर्दै १८ देखि २० रुपैया ज्याला पाइन्थ्यो…ढुंगा बोक्ने “चुयाको डोको” उनीहरुनै दिन्थे “नाम्लो” भने आफ्नो l यो म्यादी जागिरको सदुपयोग विभिन्न वर्गले आ-आफ्नै पाराले गर्ने गर्थे l

भोटेवडार/बेलघारी बजारमा पाइने चाइनिज चप्पल/गोटीवाला जुत्ता भिरेर…सुन्दरबजारको हलमा फिल्म हेरेर…पसलमा जेरीपुरी चडकाएर…बाटोमा हिडदा मुखमा “बल्गम” पडकाएर…जीवनको मज्जा लिने अल्लारे वर्गलाई म्यादी जागिरले दिनु टेवा दिन्थ्यो l ठुलो एकादशी बजारमा खर्च गर्ने पैसाको पोको त्यहि डोको बोकेर जम्मा गरिन्थ्यो; स्कूल छुट्टी भाको बेलामा l

त्यो बिगतले वर्तमानमा पैतृक सम्पतिको आड भरोसामा उन्मातिदै बाउ-आमाको खुन-पसिनाको मूल्यलाई “भट्टीमा ब्रोइलरसंग ट्वाक” लाउने छोरा या स्ट्रेटबाल फर्फराएर “टाइट प्यान्टमा च्वाक” बन्न/भन्न रुचाउनी छोरीलाई ठाडो चुनौती दिएको जस्तो लाग्छ l

त्यो बेला ब्रोइलर त पाईनथ्यो तर घर बनाउनी व्यक्तिले खसी/बोका कटाउथे…५०/२५ र साढे बाह्रको भाग पाइन्थ्यो l दिनभरी ढुंगा बोक्दा १८ रुपैया कमाउनी भएकालेनै हो आमाले मलाई साढे बाह्रको भाग ल्याउन भन्नु भाको l थाप्लोमा नाम्लोको डाम बसाएर दाम कमाउन दिनभर चुयाको डोको चुइ-चुइ पारेर खेतालाहरु घर फर्किदा फर्सीको पातमा बेरेको साढे बाह्रको मासुको पोको बोकेर “मासु-भातको” धोको सजाउदै म घर आइसकेको थिए l पल्तिर घर ल्याएका थिएनन् कारण दिल्लीबाट छिट्टै काका आउदै थिए अरे आएपछि खानी भनेका थिए l

कसौडीमा टोपी लाग्नी गरेरै त्यो दिन भात पाकेको थियो l बुढो खुर्पा पछार्दै आमाले मासु टुक्रयाउनु भो l “बोसो” अचानोबाट फ्याट्ट चिप्लिएर मै छेउ आइपुग्थ्यो l म काचै निलुम झैँ गर्थे l “खान दिदा-दिदै नै खानै नपाए जस्तो गर्छन भन्या”… आमा झर्किनु भो l

ओदान माथि फलामको ताप्के तात्न थाल्यो l प्याज फुर्यो, मासु हालेसी ताप्केमा आवाज़ नै अर्कै l बलि राखेको अगुल्टो उठाएर आमाले हेर्दा मासु छडकिदै थियो l पल्तिर सुतिसके कि क्या हो भनेर १ डाडु मासु र बटुका भरि झोल हालेर पुर्यौन आमाले भन्नुभो -‘तातो बटुको मकैको भुत्लाले समाएर पुर्याए l “क्यार्न ल्याउन पर्थ्यो र!” काकी भन्दै हुनुहुन्थ्यो l “कस्तो छ चाख्नुस अरे…आमाले भन्नु भा” म कराउदै दौडिदै घर आइपुगे l

भात पस्किएर ताप्केको बिड समाएर आमा मासु उतार्न खोज्नु भो तर तातोले भनुम या थकानले हो कुन्नी ओदानबाट ताप्के लडाउनुभो l झ्वईया गरेर ओदान सेलायो l फुलखरानी भुरुरु उडेर भार रंग्यायो l झोलमा तैरेको बोसो आगोको कोइलामा धुप हाले झैँ भो l ढाड भाचेर हालेको जिराधनियाको लेथारो खरानीले सोस्यो l केही फिर्का मासु अगेना भरि भए l चौटो टिप्दै खरानी/माटो सर्टको फेरमा पुछ्दै मुखमा मासु हालेर खादै गरेको मलाई हेरेर आमा रुनुभो l एउटा हातले आफ्नो आसु पुछ्दै अर्को हातले पोखिएको मासु टिप्दै पटुकीको फेरमा पुछेर मेरो थालमा हाल्नु भो l भक्कानिएको स्वरमा भन्नु भो – “…फेरी काटछन् नि…त्यति बेला २५ को भाग ल्याम्ला…तलाई बोसो काचै खान दिम्ला l”

(लेखकले डियर डायरी स्तम्भमा लेखेको यो संस्मरण जस्ताको तस्तै प्रस्तुत गरिएको छ । रोचक र यथार्थप।रक लेखन उनको विशेषता हो । मरेटा हाल रोजगारीको सिलसिलामा कतारमा छन् । सं)

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी