जव महानगर प्रमूखले नै फोहोर टिप्न थालीन् …

125 Hits

भरतपुर, पुस ।

भरतपुर महानगरपालिकाले सोमबारदेखि महानगर क्षेत्र सरसफाई अभियान सुरु गरेको छ । महानगरको आयोजनामा भरतपुरको गोन्द्राङमा भएको सरसफाई उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख रेणुु दाहालले भरतपुरलाई फोहोररहित सुन्दर शहरमा बनाउने बताइन ।

महानगर प्रमुख दाहालले महानगर क्षेत्रमा संकलन हुने फोहोरलाई वर्गीकरण गरेर त्यसको व्यवस्थापन गरिने बताइन । उनले फोहोररहित सुन्दर भरतपुरको परिकल्पना साकार पार्न हरेक घरबाट साथ र सहयोगको अपेक्षा गरेको बताइन । घरबाटै कुहिने र नकुहिने फोहोरलाई छुट्याउन सके फोहोरको व्यवस्थापनमा सहयोग पुग्ने उनको भनाइ थियो ।
सरसफाई अभियान सुरु गरेपछि महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती रावलले एकसाथ सडकमा फालिएको फोहोर संकलन गरेर बोरामा राखेका थिए । उनीहरुसँगै भरतपुर महानगरका विभिन्न वडाका अध्यक्ष, कर्मचारी, विभिन्न टोल सुधार समितिका पदाधिकारी एवं सदस्य र सर्वसाधारण सरसफाई कार्यमा सहभागी भएका थिए ।
सरसफाई कार्यक्रममा स्थानीयसँग मिलेर सेना, प्रहरी, सशस्त्र प्रहरी र सामाजिक संघसंस्थाका प्रतिनिधिले सडक छेउको फोहोर टिपेका थिए । महानगरपालिका कार्यालयका कर्मचारी पनि सरसफाईमा सहभागी थिए । बोरामा संकलन गरिएको फोहोर महानगरपालिकाको फोहोर बोक्ने गाडीमा खन्याइएको थियो ।
भरतपुरको गोन्द्राङबाट सुरु भएको सरसफाई कार्यक्रम हाकिमचोक, चौबीसकोठी, लायन्सचोक, शहीदचोक, पुलचोक, मेनरोडहुँदै पोखरा बसपार्कमा पुगेर सकिएको थियो । सरसफाई कार्यक्रमलाई निरन्तरता दिँदै सुरुमा राजमार्ग र आसपासका क्षेत्र त्यसपछि भित्री सडक र नगरवासीको घरदैलोसम्म पु¥याइने महानगरपालिकाले जनाएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी