‘क्यान इन्फोटेक’ ११ माघदेखि, विद्यार्थीहरुलाई भने ५० प्रतिशत छुट

193 Hits

काठमाडौं, २ पुस

क्यान महासंघले हरेक वर्ष आयोजना गर्दै आएको ‘क्यान इन्फोटेक’ यो वर्ष ११ माघदेखि हुने भएको छ ।सुबिसु केबल नेट प्रा.लिको शीर्ष प्रायोजनमा क्यान इन्फोटेकको २४ औं संस्करण भृकुटीमण्डप काठमाडौंमा हुनेछ ।

११ माघमा शुरु भएको मेला १६ माघसम्म चल्ने आयोजक क्यान महासंघले जनाएको छ ।

छ दिनसम्म चल्ने मेलामा सूचना र सञ्चार प्रविधिसँग सम्बन्धित विभिन्न कम्पनीहरुका २०० वटा स्टल रहनेछन् ।

मेलामा कम्प्युटर, इन्टरनेट, मोबाइल कम्पनीका साथै ब्यांक तथा आईटीसँग सम्बन्धित कलेजहरुको समेत सहभागिता रहनेछ ।

मेला अवलोकनका लागि १०० रुपैयाँ शुल्क तोकिएको छ । विद्यार्थीहरुलाई भने ५० प्रतिशत छुट हुनेछ । त्यस्तै सरकारी विद्यालयबाट अग्रिम रुपमा लिखित जानकारी आए त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था समेत रहेको क्यानले जनाएको छ । अनलाइनबाट टिकट खरीद गर्नेहरुलाई २० प्रतिशत छुट हुनेछ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी