राजधानीमा माओवादी केन्द्रको बैठक, एकताको रोडम्याप तयार गरिने
काठमाडौं, ३ पुस ।
नेकपा माओवाद केन्द्रको केन्द्रीय कार्यलयको बैठक राजधानीमा शुरु भएको छ । प्रतिनिधि सभा र प्रदेश सभको निर्वाचन सम्पन्न भएपछि पहिलो पटक बस्न लागेको बैठकमा चुनवाी समिक्षा तथा पार्टी एकता र सरकारमा सहभागिताबारे ठोस योजना निर्माण हुने बताइएको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयीक राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूचि रहेको छ । त्यसैगरी बैठकमा सबै प्रदेशका इन्चार्जहरुले रिपोर्टींग गर्ने कार्यसूची पनि रहेको छ ।
निर्वाचनमा माओवादीका उम्मेदवाहरुले हासिल गरेको विजय र उपत्यका र मधेशमा व्यहोरेको पराजयको समिक्षा गर्दै अबको कार्ययोजना समेत निर्माण हुने बताइएको छ ।
त्यसैगरी एमालेसँग भएको चुनावी तालमेल र एकताको बारेमा गम्भीर ढंगले समिक्षा गरी पार्टी एकतालाई निश्कर्षमा पुर्याउने विषयमा पनि बैठकले ठोस र मूर्त योजना निर्माण गर्ने प्रबक्ता पम्फा भुषालले जानकारी दिएकी छिन् ।