चितनदेखि काठमाडौंसम्म प्रचण्डलाई बधाई दिनेको घुईचो ।

115 Hits

काठमाडौं, २ पुष ।
शनिवार विहान ७ बजे प्रचण्ड निवास लाजिम्पाटमा हातमा फुलका गुच्छा र खादा तथा माला लिएर उभिनेको भिड भैसकेको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाजिम्पाटबाट शुक्रबारै ललितपुरस्थित डेरा सरेका भएपनि उनको निवासमा उनलाई बधाई दिन तथा भेट गर्न लाजिम्पाटमै मानिसहरुको भिड लागेको थियो ।

प्रचण्ड ललितपुरबाट आउनु अघि नै नेता कार्यकर्ता र शुभेच्छुकहरुको भिड लाजिम्पाटमा जम्मा भइसेको प्रचण्डको सचिवालयले जानकारी दियो । हामी आँदा त मानिसहरु पखिरहनुभएको रहेछ । प्रचण्डका स्वविय सचिव जोख बहादुर महराले भने -एक छिन पनि खाली छैन । चितवन देखि काठमाडौंसम्म यस्तै छ ।
नेपालको राजनीतिका किंग मेकर माओवादी अयक्ष तथा पुर्व प्रधानमन्त्री प्रचण्डले चितवन क्षेत्र नं ३ मा भारी मतान्तरसहित विजय हासिल गरेसँगै उनलाई बधाई दिनेको लर्को चितवनदेखि निरन्तर छ ।

 

शनिवार विहानपनि अखिल क्रान्तिकारीका नेता कार्यकर्ताहरुदेखि माओवादीका विभिन्न जिल्लाका नेताहरु, विजयी सांसदहरु, विभिन्न्न स्थानमा राजनीतिक नियुक्ति लिएका माओवादी कार्यकर्ताहरु, समानुपातिक सूचीमा नाम भएका माओवादी नेता कार्यकर्ताहरु र स्थानिय क्षेत्रका शुभेच्छुकहरुले प्रचण्डलाई भेटेर बधाई तथा शुभकामना दिएका थिए । प्रचण्डलाई शुभकामना दिएर फोटो खिचाउने लाइनमा पत्रकार ऋषि धमला पनि थिए ।
प्रचण्डले बधाई दिनेहरुलाई खुसि र भावुक मिश्रीत मुद्रामा धन्यवाद दिइरहेका थिए । विहान ७ बजेदेखि ९ बजेसम्म बधाई र शुभकामना लिएर प्रचण्ड साँढे नौ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटन पुगे ।
बालुवाटारबाट फेर्केर फेरी शुभकामना दिने र बधाई दिनेहरुलाई समय दिए प्रचण्डले ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी