प्रचण्डले छाडे लाजिम्पाट, हट्यो भ्रमको पर्दा, के पाए के गुमाए लाजिम्पाटमा ?

328 Hits

Maoist Chairman Prachanda’s New Residency at Lazimpat after changing his location from Nayabazar,Kthmandu. Photo:Manish Bista Nagarik/ Republica.

-सुमन एसपी-
काठमाडौं, १ पुष ।
अन्ततः नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाजिम्पाटस्थित डेरा छाडेर नयाँ ठाउँमा सरेका छन् । लाजिम्पाटमा डेरा सरेको ६ वर्षपछि प्रचण्डले लाजिम्पाट डेरा छाडेका हुन् । उनी मंसिरको अन्तिम दिन लाजिम्पाटस्थित डेराबाट खुमलटारस्थित डेरामा सरेका हुन् । शान्ति प्रक्रियामा माओवादी आएपछि प्रचण्ड बालाजु नयाँ बजारस्थित डेरामा बसेका थिए । उनले नयाँ बजारबाट लाजिम्पाटको भाडाको घरमा डेरा सरेका थिए ।

पहिलो संविधानसभाको निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री बनेका प्रचण्ड बालुवाटाटारमा सरेपनि डेरा नयाँ बजारमै कायम थियो ।
प्रधानमन्त्रीबाट राजीनामा गरेर सत्ता छाडेपछि प्रचण्ड नयाँ बजारमै बस्रिहेका बेला तत्कालिन कांग्रेस सभापति गिरीजाप्रसाद कोइरालाले नयाँ बजारको डेरा अत्यन्त साँघुरोभ एको तथा सुरक्षाको कारण पनि लोकेसन र डेरा दुबै सर्न सुझाव दिएपछि प्रचण्डलाई नयाँ बजारको डेरा छाडि लाजिम्पाट सर्न दवाव बढेको थियो । प्रचण्डले लामजिम्पाटमा डेरा सरेपछि उक्त घरको बारेमा मुलधारका मिडियाबाट धेरै आलोचना र भ्रमात्मक प्रचार गरिएका थिए । घरमा स्वीमिंग पुल भएको, अत्याधुनिक र सुविधा सम्पन घर रहेको, अन्डरग्राउण्ड रुम समेत रहेको तथा सभ्रान्त परिवार बस्ने घर प्रचण्डले किनेको जस्ता भ्रमातम प्रचार गरिएपछि पहिलोपटक घरकै बारेमा विज्ञप्ति नै जारी गरी यथार्थ सार्वजीक गरिएको थियो ।

तत्कालिन स्वकीय सचिवालयको नामबाट जारी गरिएको विज्ञप्तिमा नयाँ बजारबाट लाजिम्पाटमा डेरा सर्नुका कारणहरु र लाजिम्पाट डेराको बारेमा स्पष्ट पारिएको थियो । उक्त विज्ञप्तिमा घर मासिक १ लाख ३ हजार भाडामा लिएको, ५ वर्षको लागि सम्झौता गरिएको, स्वीमींग पुल लगायतका प्रचार गरिएजस्तो सुविधा नभएको र सम्भ्रान्त वर्ग बस्ने नभई सामान्य नागरिक नै बस्ने स्तरको भएको र ३ रोपनि क्षेत्रफलमा रहेको कम्पाउण्डमा दुई वटा घर भएको तथा परिवार, सचिवालय र प्रहरी सुरक्षाकर्मीहरुसमेत गरी ४५ जना बस्ने कुरा सार्वजनीक गरिएको थियो ।

प्रचण्डले लाजिम्पाटमा डेरा सरेपछि उनको घर भनेर कतिपय मिडियाले एभरेष्ट बैकको भवनको फोटो समेत प्रकासन गरी भ्रम छरेका थिए ।
लाजिम्पाटमा बसेरै प्रचण्डले नेपालीलाई लोकतानित्रक संघिय गणतन्त्र नेपालको नयाँ संविधान दिए । लाजिम्पाट बसेरै प्रचण्डले शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याए, सेना समायोजन सहितको कार्यभार पुरा गरे । लाजीम्पाट बसेरै प्रचण्डले नेकपा एमालेका अध्यक्ष के पी ओलीलाई प्रधानमन्त्री बनाए । लाजिम्पाट बसेरै प्रचण्डले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई चौथो पटक प्रधानमन्त्री बनाए । लाजिम्पाट बसेरै प्रचण्डले दोश्रो संविधानसभाको निर्वाचन सम्पन्न गराए । लाजिम्पाट बसेरै प्रचण्डले पहिलोपटक स्थानिय सरकारको स्वरुपको स्थानिय तहको निर्वाचन सम्पन्न गराए । लाजिम्पाट बसरै प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमूख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाएर उनको घमण्ड चुर गरिदिए । लाजिम्पाट बसेरै प्रचण्डले विभिन्न चिरामा विभक्त माओवादी धारा, समुह र पार्टीहरुलाई एकताबद्ध गराए । तत्कालिन नेकपा माओवादीलाई एकीकृत नेकपा माओावादी हुँदै नेकपा माओवादी केन्द्र सम्म पुर्याए । लाम्पिाट बसेरै प्रचण्डले संविधानसभाको दोश्रा निर्वाचनमा पराजयको मारले अक्रान्त माओवादी शक्तिलाई उपराष्ट्रपति, सभामुख सहित ८ वटा शक्तिशालि मनत्रालयमार्फत शक्ति सञ्चय र सुदृढिकरण गर्दै विजयको शिखरमा पुर्याए र प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा माओवादीलाई वलियो र निर्णायक शक्तिमा स्थापित गराए । लाजिम्पाट बसेरै प्रचण्डले ठूला दुई कम्यनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको एकताको संयोजन गरे र बाम गठबन्धनलाई झण्डै भण्डै दुई तिहाईको स्पष्ट बहुमतसहितको शक्तिमा रुस्थापित गरी स्थिरता, विकास र समृद्धिको दिशामा मूलुकलाई लैजाने कार्यको सुभारम्भ गरे ।

लाजिम्पाटमा प्रचण्डलाई सफलता र लाभ मात्रै भएन प्रचण्डलाई धेरै ठूला चुनौति र दुखद क्षणहरु पनि लाजिम्पाटले दिलायो । लाजिम्पाटमा बस्दै गर्दा पहिलो संविधानसभाले संविधान निर्माण ष्गर्न नसकि विघटन गराउनुपर्यो र आफ्नै शक्ति क्षिण हुनेगरी दोश्रो संविधानसभा निर्वाचन गर्नुपर्ने बाध्यतामा पुर्यायो । लाजिम्पाटमा बस्दै गर्दा प्रचण्डले आफ्नै ३ दशक देखिका सहकर्मीहरुबाट गद्धारसम्मको आरोपसहित पार्टी फुटाएर चिरा चिरा बनाएको पनि सहनुपर्यो । अष्ट्रेलियामा बोलाएर पक्राउ गर्ने षड्यन्त्रदेखि भौतिक रुपमा आक्रमणका थुप्रै षडयन्त्रहरुको सामना पनि प्रचण्डले गर्नुपर्यो । भृकुटिमण्डपमा सार्वजनीक कार्यक्रममा थप्पड खाने देखि आफ्नै प्रीय छोरा र छोरीको निधनको सामना पनि प्रचण्डले लाजिम्पाटको बसाईमा गर्नुपर्यो ।

जेठी छोरी ज्ञानु केसीको क्यान्सरबाट भएको अत्यन्त दुखदायी मरण देखि एकमात्र छोरा प्रकाश दाहालको हृदयघातबाट भएको निधन र अति दुखदायी र भावविह्वल क्षण्को सामना प्रचण्डले गर्नुपर्यो । आफ्नो एकमात्र छोरा तथा पार्टी पोलिट्व्युरो सदस्य प्रकाश दाहालको पार्थिव शरिरमा झण्डा ओढाएर श्रद्धाञ्जली दिने मात्रै होईन आफ्नै छोरालाई दागवत्ति दिएर सर्वसाधारणलार्य हात हल्लाएर सान्त्वना दिएर पनि प्रचण्डले विश्राम लिन पाएनन् उनले छोराको वियोगलाई शक्तिमा बदल्दै चितवमा आफैं उमेदवार रहेको निर्वाचन क्षेत्र मात्रै होइन देशैभरका माओवादी र एमाले उमेदवारलार्ई विजय गराउन अहोरात्र खट्नुपर्यो ।

 

प्रचण्डको डेरा सराईपछि लाजिम्पाट र प्रचण्डको जिवनबारेको भ्रमका पर्दा धेरै हदसम्म च्यातिएका छन् । प्रचण्डलाई जननेता होइन सम्भ्रान्तको पहिचान दिन खोज्नेहरु र प्रचण्डलाई लाजिम्पाट घरको साहुजी मान्नेहरुको सबै भ्रमको खेतीको अनत्य भएको छ ।
प्रचण्डले लाजीम्पाटको डेरा यस्तो अवस्थामा छाडे जुन अवस्था प्रचण्डकोमात्रै नेपाली राजनीतिको जिवनमै एउटा टर्नींग प्वाइनट बन्दैछ । नेपाललले ७ दशक देखिको राजनीतिक अस्थिरताको अन्त्य गर्दै एउटा स्थिर र बलियो सत्ताको अभ्यास गर्दैछ । अविकसित र गरीब मूलुकको परिचय फेरेर समृद्ध र विकसीत मूलूकको रुपमा पहिचान दिलाउने महाअभियानको थालनी प्रचण्डको नयाँ डेराको यात्रासँगै शुरु हुँदैछ । प्रचण्डले लाजिम्पाट बसाईका नकारहरुलाई सकारात्मकतामा बदल्ने अवसर पैदा भएको छ । माओवादी मात्रै होइन सबै कम्युनिष्ट वामपंथीहरुबीच एकताको महाअभियान पनि शुरु भइसकेको छ, स्थिरता विकास र समृद्धिको यात्रा पनि शुरु भइसकेको छ यी दुबै प्रक्रियाको नेतृत्व गरी प्रचण्डले साँच्चै अर्को सफलताको शिखर चुम्न सकुन् हाम्रो सुभेक्षा ।

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी