काभ्रेमा ४६ उम्मेदवारको जमानत जफत

121 Hits

काभ्रे, २९ मंसिर
काभ्रेमा दुईवटा प्रतिनिधि सभा र चारवटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको थियो । जिल्लामा ५८ जना उम्मेदवार चुनावनी प्रतिस्पर्धामा थिए । जसमध्ये १३ जना उम्मेदवारले सय मत पनि प्राप्त गर्न सकेनन् ।

चार उम्मेदवारले वाम गठवन्धनलाई सहयोग गर्ने घोषणा गरे पनि उनिहरुको चुनाव चिन्हमा मतदान भएको छ । स्वतन्त्र उठेका नोर्बु लामाले १३ मत पाए ।

उनले गठवन्धनमा गंगाबहादुर दोङ्गलाई सहयोग गर्ने घोषणा गरेका थिए । त्यस्तै कांग्रेस ९विपी० तर्फका उम्मेदवार मोहनबहादुर रायमाझीले ४४, नेपाल संघीय समाजवादी पार्टीका राजकुमार शाहले ३४, लिबरल डेमोक्रेटिक पार्टीका शान्ता तामाङले १३ र नेपाः राष्ट्रिय पार्टीका सुन्तलाकाजी श्रेष्ठले ३३ मत प्राप्त गरे । नयाँ शक्ति पार्टीका तिलकबहादुर लामाले गठवन्धनका दोङ्गलाई सहयोग गरे पनि १ सय ८ मत खसेको थियो ।

यी हुन् सय मत कटाउन नसक्ने उम्मेदवार

निर्वाचनमा सय मत पनि नकटाउन धेरै जना उम्मेदवार पाइएको छ । जसमध्ये नेपाल मजदुर किसान पार्टीका दिलबहादुर विकले ३३, नेमकिपाकै चण्डिका छुँकाले ९०, देशभक्त गणतान्त्रिक मोर्चा नेपालका शोभा विश्वकर्माले ३, नयाँ शक्ति पार्टीका रामकुमार खड्काले ५३, स्वतन्त्र उम्मेदवार मिलनकुमार गौतमले १६, स्वतन्त्र सुरेशप्रसाद धितालले ४ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार सुर्दशन हुमागाईँले ६१ मत प्राप्त गरे भने संघीय समाजवादी फोरमका राजेन्द्र खड्गीले ८५ मत प्राप्त गरे ।

४६ जनाको जमानत

काभ्रेमा ५८ उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा थिए । जसमध्ये विजेतासहित १२ जना उम्मेदवारहरुको जमानत जोगिएको छ भने बाँकी ४६ जनाको जमानत जफत भएको छ । कुल खसेको सदर मत मध्ये १० प्रतिशत ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था रहेको जिल्ला निर्वाचन अधिकारी मधुकरप्रसाद पोखरेलले जानकारी दिए । -नयाँपत्रिकाबाट

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी