डेजाभु नाइट क्लबका सञ्चालकसहित ८ जना पक्राउ,

101 Hits

काठमाण्डौ । प्रहरीले काठमाण्डौको दरबारमार्गस्थित डेजाभु नाइट क्लबका सञ्चालकसहित ८ जनालाई पक्राउ गरेको छ । विश्व चर्चित डीजे मार्समेलोलाई ल्याउने भन्दै टिकट विक्री गरेको सो नाइट क्लबमा बुधबार राती उपस्थित दर्शकहरुले तोडफोड गरेका थिए ।

सो घटना भएको भोलिपल्टै प्रहरीले क्लबका सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा क्लबका सञ्चालक जयन श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ, पृथु बास्कोटा, राजीव महर्जन, आकाश न्यौपाने र रितेश माडवाडी रहेका छन् । उनीहरुलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको जनाइएको छ ।

क्लबले बुधबार राती मार्समेलोको उपस्थितिमा कार्यक्रम गर्ने उद्घोष गर्दै आर्थिक संकलन गरेको थियो । तर मार्समेलो कार्यक्रममा उपस्थित हुन नसकेको क्लबले घोषणा गरेलगत्तै उपस्थित दर्शकहरुले तोडफोड गरेका थिए ।

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी