देउवाको बचाउ गर्दै कोइरालाले के भने ?

98 Hits

चितवन, मंसिर ।
सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभामा पराजय भोगेपछि नेतृत्वले राजीनामा दिनुपर्ने दवाव चौतर्फी बढिरहेका बेला महामन्त्री डा। शशांक कोइरालाले काँग्रेस नेतृत्वको राजीनामा समस्याको समाधान नभएको बताएका छन् ।

गैँडाकोटस्थित आफ्नै निवासमा पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले अहिलेको अवस्थामा खण्डित होइन एकीकृत हुनुपर्ने बताए ।

केन्द्रमा बृहत् छलफल गरेर पार्टीले रणनीति तयार गरी अघि बढ्ने भन्दै उनले भने, ‘नेतृत्व परिवर्तनको विषयमा पहिला छलफल गरौं, त्रुटि हेरौं त्यसपछि मात्रै कुरा आउँछ ।’ नेतृत्वको राजीनामा हुनुपर्ने माग पनि उठेको छ नि भन्ने एक प्रश्नमा उनले भने, ‘अहिलेको समयमा परामर्श गरौं, कांग्रेस शुद्धीकरण गरौं अनि निर्णय गरौं ।’

निर्वाचनमा पराजय भएकामा आफू पनि जिम्मेवार भएको उनले बताए । अब कांग्रेसले के गर्छ भन्ने जिज्ञाशामा उनले भने, ‘केन्द्रीय समितिमा छलफल हुन्छ । संगठनलाई अब चुस्त र दुरुस्त बनाउनतर्फ लाग्नुपर्छ । परिवर्तन गर्नुपर्छ भन्ने भनाइ हो ।’ उनले भने, ‘क्रियाशील सदस्यता वितरण त्रुटिपूर्ण देखिन्छ त्यसमा ध्यान दिनुपर्छ ।’

महामन्त्री कोइरालाले आउँदा दिनमा संगठनलाई सुदृढ गर्दै विधानमा समेत परिवर्तन गर्न आवश्यक रहेको बताए ।

हार बेहोर्नुको मुख्य कारण वाम गठबन्धन र पार्टीभित्रको संगठन चुस्त–दुरुस्त नभएको भन्दै उनले भने, ‘हाम्रो गठबन्धन कमजोर भएका कारण हार बेहोर्नु परेको हो ।’

महामन्त्री कोइरालाले कांग्रेस समाप्त नभएको र गुटको अन्त्य गरेर सच्चिने काँग्रेसका लागि अन्तिम मौका भएको बताए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी