मर्स्याङ्दी गाउँपालिकाले शैक्षिक अवधारणा पत्र जारी गर्ने

200 Hits

लमजुङ, २७ मंसिर ।
जिल्लाक उत्तर पश्चिमी भेगमा रहेको मर्स्याङ्दी गाउँपालिकाले सामुदायीक विद्यालयको गुणस्तर सुधारको लागी शैक्षिक अवधारणा पत्र जारी गर्ने भएको छ । गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकका अनुसार मस्र्याङदी गाउँपालिकाको आयोजनामा सामुदायिक बिद्यालयहरु शैक्षिक गुणस्तर बिकासका लागी बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षहरु र गाउँपालिकाका पदाधिकारीहरु बिच सम्पन्न कार्यशाला गोष्ठीमा उक्त निर्णय भएको हो ।

गोष्ठीले अगामी पौस ७ गते विषयबिज्ञसहितको उपस्थितिमा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षहरु,प्र.अ.हरु र गाउँपालिकाका पदाधिकारी बिच संयुक्त कार्यशाला गोष्ठी आयोजना गरी उक्त शैक्षिक अवधारणा पत्र जारी गर्ने योजना बनायएको विकले जनाए ।
उनले भने-‘ सर्वपक्षीय सरोकारवालको संयुक्त गोष्ठी आयोजना गरि मर्स्याङ्दी गाउँपालिका भित्रका सामुदायिक बिद्यालयको बिकासका लागी मर्स्याङ्दी शैक्षिक अबधाराण-पत्र जारी गर्ने सहमति भएको छ ।’
शैक्षिक अवधारण पत्रमा सामुदायीक विद्यालयमा भएका समस्याको वर्गिकरण गरी समाधानका उपायहरु, नयाँ सम्भावनाको खोजी गरी गुणस्तरको वृद्धि गरिने कार्ययोजना निर्मााण गरिने बताइएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी