माओवादी, एमाले, काँग्रेस र फोरमबाट समानुपातिक सांसदमा पर्ने को को ?

3028 Hits

समानुपातिकको आधा मत गणना गर्दा प्राप्त तथ्यांकका आधारमा प्रतिनिधिसभाको समीकरण

प्रतिनिधिसभाको समानुपातिकतर्फ खसेको एक करोड पाँच लाखमध्ये आधा मत गन्दा एमाले, कांग्रेस, माओवादी र संघीय समाजवादी फोरमले मात्रै तीन प्रतिशतको थ्रेसहोल्ड कटाएका छन् । त्यसैले राष्ट्रिय पार्टीका रूपमा उनीहरूले मात्रै समानुपातिकको एक सय १० सिटको वितरणमा सहभागी हुन पाउनेछन् ।

राजपा नेपालले प्रत्यक्षमा फोरमभन्दा एक बढी अर्थात् ११ सिट जिते पनि समानुपातिकमा थ्रेसहोल्ड छुन संघर्ष गरिरहेको छ । अहिलेसम्म उसले २ दशमलव ४८ प्रतिशत मत पाएको छ । यो मत ३ प्रतिशत पुर्‍याएमा उसले पनि कम्तीमा चार सिट पाउनेछ । र ती चार सिट कांग्रेस, एमाले, माओवादी र फोरमको खाताबाट घट्नेछ ।

उम्मेदवारको प्राथमिकता तय, तर तलमाथि हुन सक्छ
कुल दुई सय ७५ सिटमध्येबाट कम्तीमा ३३ प्रतिशत अर्थात् ९२ जना महिला प्रतिनिधिसभाको सदस्य हुनु अनिवार्य छ । प्रत्यक्षमा ६ महिला विजयी भएकाले अब कम्तीमा ८६ महिला समानुपातिकबाट सांसद हुनेछन् । पुरुषका लागि २४ सिट मात्र बाँकी छ ।

महिला तथा बाँकी पुरुषको प्रतिनिधित्व गराउँदा पनि समावेशी समूहको प्रतिशतका आधारमा आदिवासी जनजाति (२८.७ प्रतिशत), खस–आर्य (३१.२ प्रतिशत), थारू (६.६ प्रतिशत), दलित (१३.८ प्रतिशत), मधेसी (१५.३ प्रतिशत), मुस्लिम (४.४ प्रतिशत)लाई स्थान दिनुपर्नेछ ।

सबै समूहको प्रतिनिधित्व बन्दसूचीमा उल्लेख भएको प्राथमिकताका आधारमा हुनुपर्नेछ । तर, निर्वाचनसम्बन्धी नियमावलीमा क्रमसंख्यालाई ‘यथासम्भव’ पालना गर्ने भनिएकाले दलहरूले तलमाथि गर्ने छिद्र बाँकी छ ।

एमाले


मतगणनाको रुझानअनुसार समानुपातिकमा एमालेले ४५ सिट पाउने स्थिति छ । प्रत्यक्षमा ८१ सिट पाएमा एमालेको प्रतिनिधिसभामा सिट १२६ पुग्नेछ । कुल सांसद संख्याको ३३ प्रतिशत महिला पुर्‍याउन एमालेले ४२ जना महिलालाई प्रतिनिधि बनाउनुपर्नेछ । प्रत्यक्षमा एमालेबाट दुईजना महिला निर्वाचित भएकाले समानुपातिकबाट ४० महिला उम्मेदवारले प्रतिनिधिसभामा स्थान पाउनेछन् । यसरी पाँच सिट मात्र पुरुषका लागि सुरक्षित हुनेछ । ३३ प्रतिशत अर्थात् कुल ४२ मध्ये खस–आर्यबाट ३१.२ प्रतिशत अर्थात् १३ जना महिलाले प्रतिनिधित्व पाउने हुन् । खस–आर्य समुदायका २ महिला प्रत्यक्षबाट निर्वाचित भएकाले अब सो समुदायका ११ जनाले मात्र समानुपातिकबाट प्रतिनिधित्व पाउनेछन् । त्यस्तै, आदिवासी जनजातिबाट १२ जना, थारूबाट ३ जना, दलितबाट ६ जना, मधेसीबाट ६ जना, मुस्लिमबाट २ जनाको प्रतिनिधित्व हुनुपर्नेछ ।

प्रतिनिधित्व पाउने खस–आर्य ११ महिला

१. राधा ज्ञवाली

२. विन्दा पाण्डे

३. गोमा देवकोटा

४. कल्याणी खड्का

५. निरु पाल

६. मनकुमारी जिसी

७. माया न्यौपाने

८. विष्णु शर्मा

९. सरिता न्यौपाने

१०. मैना भण्डारी

११. तीर्था गौतम

प्रतिनिधित्व पाउने आदिवासी १२ महिला

१. थममाया थापा

२. डा. शिवमाया तुम्बाहाम्फे

३. सुजिता शाक्य

४. रामकुमारी झाँक्र

५. विना श्रेष्ठ

६. तुलसी थापा

७. नवीना लामा

८. शान्तिमाया तामाङ

९. कुमारी मेचे

१०. रणकुमारी बलम्पाकी

११. माइली लामा

१२. मेन्चुङ लामा

प्रतिनिधित्व पाउने थारू ३ महिला

१. शान्ता चौधरी

२. लक्ष्मी चौधरी

३. गंगा चौधरी

प्रतिनिधित्व पाउने दलित ६ महिला

१. निरादेवी जैरू

२. विमला विश्वकर्मा

३. विमला विक

४. पार्वतीकुमारी विसंखे

५. सानु शिवा

६. आशाकुमारी विक

प्रतिनिधित्व पाउने मधेसी ६ महिला

१. जुलीकुमारी महतो

२. डा. पुष्पाकुमारी कर्ण

३. सरलाकुमारी यादव

४. रेखाकुमारी झा

५. सरिताकुमारी गिरी

६. सीता यादव

प्रतिनिधित्व पाउने मुस्लिम २ महिला

१. कालिला खान

२. समिना हुसैन

प्रतिनिधित्व पाउने ५ पुरुष
एमालेले प्रत्यक्षमा धेरै सिट जितेको र सबैजसो पुरुष भएकाले समानुपातिकमा पुरुषका लागि ५ स्थान मात्र खालि हुनेछ । त्यसमा पनि समुदायको समानुपातिक प्रतिनिधित्व आवश्यक हुन्छ । समानुपातिक प्रतिनित्वि गराउँदा प्राथमिकताका आधारमा आदिवासीबाट विजय सुब्बा, खस आर्यबाट मुकुन्द न्यौपाने, थारुबाट मझीलाल थारु, दलितबाट रामप्रित पासवान, मधेसीबाट मोतीलाल दुगड र मुस्लिमबाट समीममियाँ अन्सारीमध्ये पनि पनि एक जनाले अवसर पाउने छैनन् ।

कांग्रेस


प्रत्यक्षमा २२ सिट जितेको कांग्रेसले समानुपातिकको मतगणनाको रुझानअनुसार ४३ सिट पाउने सम्भावना छ । प्रतिनिधिसभाका कांग्रेसको कुल प्रतिनिधित्व ६५ भएमा ३३ प्रतिशत अर्थात् २२ महिलाले प्रवेश पाउनेछन् । प्रत्यक्षमा कांग्रेसका एकजना पनि महिलाले नजितेकाले २२ नै महिला समानुपातिकबाट पठाउनुपर्नेछ । त्यसो गर्दा पनि पुरुषका लागि २१ स्थान सुरक्षित हुनेछ । २१ जना पुरुष र २२ जना महिलामध्ये पनि विभिन्न समुदायबाट समानुपातिक प्रतिनिधित्व गराउनुपर्नेछ ।

प्रतिनिधित्व पाउने आदिवासी ७ पुरुष
१. बहादुरसिंह लामा २. कर्मा घले ३. उमेश श्रेष्ठ ४. लालकाजी गुरुङ ५. जिपछिरिङ लामा, ६. दिव्यमणि राजभण्डारी ७. जीवनप्रेम श्रेष्ठ

प्रतिनिधित्व पाउने खस–आर्य ७ पुरुष
१. बालकृष्ण खाण २. दिलेन्द्रप्रसाद बडू ३. किशोरसिंह राठौर ४. सत्यनारायण खनाल ५. सूर्यबहादुर केसी ६. मोहनप्रसाद पाण्डे ७. अन्तराम भट्ट

प्रतिनिधित्व पाउने १ थारू र १ मुस्लिम पुरुष
पद्मनारायण चौधरी र अतहर कमाल मुसलमान

प्रतिनिधित्व पाउने ३ दलित र ३ मधेसी पुरुष
१. मानबहादुर विश्वकर्मा २. मीनबहादुर विश्वकर्मा ३. प्रकाश रसाइली र १. विनोदकुमार चौधरी २. स्मृतिनारायण चौधरी
३. नागेन्द्रकुमार राय

प्रतिनिधित्व पाउने खस आर्य ७ महिला
१. सुजाता कोइराला २. पुष्पा भुसाल ३. डिला संग्रौला ४. मीना पाण्डे ५. उमा रेग्मी ६. दीपशिखा शर्मा ७. रुक्मणिदेवी कोइराला

प्रतिनिधित्व पाउने आदिवासी ६ महिला
१. ज्ञानकुमारी छन्त्याल २. प्रमिला राई ३. महेन्द्रकुमारी लिम्बु ३. हिरा गुरुङ ५. मीना सुब्बा ६. सुवर्ण ज्वारचन

प्रतिनिधित्व पाउने १ थारु र १ मुस्लिम महिला
पार्वता डिसी चौधरी र सर्वत आरा खान

प्रतिनिधित्व पाउने ३ दलित र ३ मधेसी महिला
१. सुजाता परियार २. लक्ष्मी परियार ३. विमला नेपाली
१. सीतादेवी यादव २. चित्रलेखा यादव ३. मीनाक्षी झा

माओवादी


प्रत्यक्षमा ३६ सिट जितेको माओवादीले समानुपातिकमा भने त्यसको आधा अर्थात् १८ सिट जित्ने सम्भावना छ । कुल ५४ सांसदमध्ये ३३ प्रतिशत अर्थात् १८ जना महिला माओवादी प्रतिनिधि बन्नेछन् । तर, प्रत्यक्षमा ३ जना महिलाले जितिसकेकाले माओवादीले अब कम्तीमा १५ महिला पठाउनुपर्नेछ । ३ सिट मात्रै पुरुषका लागि सुरक्षित रहनेछ । कुल १८ महिलामध्ये २ आदिवासी जनजाति र १ खस–आर्य महिलाले प्रत्यक्षबाट जितेका छन् । खस–आर्यबाट ६ जना महिलामध्ये १ जनाले जितिसकेकाले पाँच जनाले स्थान पाउन सक्छन् ।

प्रतिनिधित्व पाउने खस–आर्य ५ महिला
१. रेखा शर्मा २. पूर्णाकुमारी
सुवेदी ३. धर्मशीला चापागाईं
४. सत्या पहाडी ५. सीता पोखरेल

प्रतिनिधित्व पाउने आदिवासी ३ महिला
१. जयपुरी घर्ती २. शशी श्रेष्ठ
३. ओनसरी घर्ती

प्रतिनिधित्व पाउने थारू १ र मुस्लिम १ महिला
रामकुमारी चौधरी र
चाँदतारा कुमारी

प्रतिनिधित्व पाउने दलित २ र मधेसी ३ महिला
१. अन्जना बिसंखे २. दुर्गा विक
१. इन्दु शर्मा २. बोधमाया यादव
३. दिलकुमारी

प्रतिनिधित्व पाउने ३ पुरुष
पुरुषमध्येबाट पनि आदिवासी जनजातिबाट सुनीलकुमार मानन्धर, खस–आर्यबाट हितराज पाण्डे, मधेसीबाट जोगकुमार बर्बरिया यादवले प्रतिनिधित्व पाउने देखिन्छ ।

फोरम
प्रत्यक्षमा १० सिट जितेको संघीय समाजवादी फोरमले समानुपातिकमा ४ सिट जित्ने स्थिति छ । प्रत्यक्षमा ३३ प्रतिशत महिला पुर्‍याउन समानुपातिकमा पाउने चारै सिटमा महिलाई पठाउनुपर्नेछ । समावेशी प्रतिनिधित्वका आधारमा आदिवासी जनजातिबाट रेनुका गुरुङ, खस–आर्यबाट सरिता गिरी, मधेसीबाट रेणु यादव, मुस्लिमबाट रुही नाज, थारूबाट रीता चौधरी र दलितबाट कलुदेवी विश्वकर्मामध्येबाट पनि दुईजनाले स्थान पाउनेछैनन् । निर्णय गर्ने अधिकार पार्टीलाई हुनेछ । -नयाँ पत्रिकाबाट

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी