यी हुन् ६ उपप्रधानमन्त्री जसले भोगे पराजय

118 Hits

काठमाडौं, २६ मंसिर
नेपाल सरकारका ६ जना पुर्व र बहालवाला उपप्रधानमन्त्रीहरु चुनावमा पारजित बनेका छन् । मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिएका विभिन्न दलका ६ जना पुर्व र बहालवाला उपप्रधानमन्त्रीहरु पराजीत बनेका हुन् ।

नेपाली कांग्रेसका नेता तथा पुर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेल तनहुँ १ मा बाम गठबन्धनक उम्मेदवार किसान श्रेष्ठबाट पराजीत बनेका छन् भने बहालवावा उपप्रधानमन्त्री तथा कांग्रेस नेता गोपालमान श्रेष्ठ स्यांग्जा १ मा बाम गठबन्धनकी उम्मेदवार पद्यमा अर्यालबाट पराजीत भए ।

त्यसैगरी अर्का बहालवाला उपप्रधानमन्त्री तथा राप्रपा का अध्यक्ष कमल थापा मकवानपुर १ बाट बाम गठबन्धनका उम्मेदवार कृष्ण प्रसाद दाहालबाट पराजित बनेका छन् ।

त्यसैगरी नेपाली कांग्रेसका महामन्त्री तथा पुर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला पनि झापा ३ मा राप्रपाका नेता राजेन्द्र लिंगदेनसँग पराजित बनेका छन् ।  त्यसैगरी नेपाली कांग्रेसका नेता तथा पुर्व उप्रधानमन्त्री विमलेन्द्र निधि पनि राजपा नेता राजेन्द्र महतोसँग पराजीत भएका छन् ।

नेकपा माओवादी केन्द्रका नेता तथा पुर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाश गोर्खा २ मा नयाँ शक्ति नेपालका संयोजक तथा पुर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईबाट पराजित बनेका छन् भने नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री बामदेव गौतम बर्दिया ४ मा नेपाली कांग्रेसका नेता तथा बहालवाला मनत्री सञ्जय गौतमबाट पारजित बनेका छन् ।

पराजित पौडेल र गौतमले आफ्नै पार्टी भित्रबाट भएको अन्तरघातलाई पराजयको मुख्य कारण मानेका छन् भने श्रेष्ठले आफूले हारको समिक्षा गरिनसकेको तर आफूले हारे प देशैभर बाम गठबन्धनको विजयले आफू खुशी भएको बताएका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी