माओवादीले उठाएका राजनीतिक एजेण्डाको जित भयो , अब पालो विकास र समृद्धिको -प्रचण्ड

212 Hits

काठमाडौं, २५ मंसिर ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशभर भएका निर्वाचनमा जसले जितेको भएपनि माओवादीले नै जितेको जस्तो अनुभुति भएको बताएका छन् । चितवन क्षेत्र नं ३ बाट प्रतिनिधि सभामा अत्याधिक बहुमतसहित विजयी बनेका अध्यक्ष प्रचण्डले परिणाम घोषणा हुनुपुर्व एपी वान टेलिभिजनसँगको अन्तरवार्तामा भने -‘परिवर्तनका सबै एजेण्डा माओवादीकै भएकाले त्यही एजेण्डामा भएको निर्वाचनमा विजय जसले प्रापत गरेपनि माओवादी एजेण्डाकै जित भएको हो भन्ने मेरो बुझाई हो ।’
प्रचण्डले बाम गठबन्धनलाई आम नेपाली जनताले अनुमोदन गरिसकेको बताउँदै यसले आफूलाई निकै हर्षित बनाएको बताए ।
त्यसैगरी प्रचण्डले अब बन्ने बाम गठबन्धनको सरकारले दुई अंकको आर्थिक वृद्धिदर बनाउने दावी गरे । उनले भने -‘मेरो प्रधानमन्त्रीत्वकालमा नौ महिनामा आर्थिक वृद्धिदर ७.५ प्रतिशत पुग्न सकेको थियो भने अब किन सम्भव हुन्न्न हामीसँग बलियो स्थिर सरकार हुन्छ ।
प्रचण्डले अब बन्ने बाम गठबन्धनको सरकार कुनै पनि विदेशी छिमेकीहरुसँग निहुँ खोज्ने वा झगडा गर्ने तीर नलाग्ने बरु झन राम्रो सम्वन्ध विस्तार गरी नेपालको सम्वृद्धिमा उपयोग गर्ने बताए ।
उनले अबको सरकारको नेतृत्व केपी ओली वा आफूमध्ये एकले गर्ने षियमा कुनै विवाद नभएको र ठूलो पार्टी भएको नाताले ओलीजीले गर्दा आफूलाई कुनै आपत्ति नभएको बताए ।
प्रचण्डले अब सबै कम्युनिष्ट शत्तिःहरु एक ठाउँमा आउने विश्वास व्यक्त गर्दै भने अबको राष्ट्रको विकास र समृद्धिको लागि सबै एकै ठाउामा आउनुको कुनै विकल्प छैन ।
त्यसैगरी प्रचण्डले बाम गठबन्धनको एकता र विजयबाट कांग्रेस आत्तिनुपर्ने अवस्था नभएको भन्दै कांग्रेसलार्य पनि सहमति र सथमा लिएर आफूहरुले स्थिर सत्ता सञ्चालन गर्ने बताए ।

प्रचण्डले अब बन्ने बाम सरकारले वृद्ध भत्ता दोब्बर पार्ने देखि तिव्वत लुम्बीनी रेल मार्ग, पुर्व पश्चिम रेलमार्ग र देशभर विकासका आयोजनाकाहरुको वृद्धिमार्फत लाखौंको संखयामा रोजगारी सिजर्ना गर्ने बताए ।

हेर्नुहोस अन्तरवार्ताको भिडियो

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी