देउवा नेतृत्वको सरकारले गर्यो यस्ता निर्णय, एमालेले गर्यो कडा विरोध

114 Hits

काठमाडौं, २५ मंसिर ।
यतिवेला देशमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएर परिणाम घोषणा भइरहेको छ र अन्तिम चरणमा पुगिसकेको छ । सरकारका प्रधानमन्त्री बाहेक अधिकांश मन्त्रीहरु निर्वाचनमा पराजय भोगिरहेका छन् ।

सरकारका उपप्रधानमन्त्री एवं उर्जा मन्त्री कमल थापा, सूचना तथा संचार मन्त्री मोहन बस्नेत सहित अधिकांश मन्त्रीहरु निर्वाचनमा पराजित भएका छन् । तर कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले भने काम चलाउ अवस्थामा पनि महत्वपूर्ण राजनीतिक नियुक्ती लगायतका राष्टि महत्वका निर्णयहरु धमाधम गरिहेको छ ।

निर्वाचन गराएर काम चलाउको हैसियतमा पुगेको शेरबहादुर देउवा नेतृत्वको सोमबार बसेको मन्त्री परिषद्को बैठकले सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतको ठाडो आदेशमा गोरखापत्र संस्थानको महाप्रबन्धकमा कांग्रेस कार्यकर्ता बसन्तप्रकाश उपाध्यायलाई नियुक्त गरेको छ । त्यसैगरी आर्थिक चलखेलमा चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेललाई नियुक्त गरिएको छ ।

मन्त्रीपरिषदले दुई जना सहायक रथी दामोदर थापा र नवजित शमशेर जवराको पदावधी थप गर्ने पनि निर्णय गरेको छ । बैठकले प्राविधिक उपरथी योगेन्द्रबहादुर खाँडको पनि पदावधि थप्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री बस्नेतले जानकारी दिए ।

यसैबीच नेकपा एमालेले सरकारको उक्त कदमको विरोध गरेको छ । निर्वाचन सम्पन्न भएलगत्तै काम चलाउ हैसियतमा सीमित हुनपुगेको वर्तमान सरकारले विभिन्न निकायमा राजनीतिक नियुक्तिहरू गरेको भन्दै एमालेले पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासचिव इश्वर पोख्रेलले विज्ञप्ती निकालेर ‘गोरखापत्र संस्थान, दुग्ध विकास संस्थान, चलचित्र विकास बोर्ड र राष्ट्रिय आमसञ्चार प्रतिष्ठान लगायतमा नियुक्ति गरी मौका छोप्न खोज्नु सरकारको दुराशय र जनादेशविपरीत कदम हो’ भनेका छन् ।

एमालेले यस्ता गलत निर्णयहरू गर्न स्थायी सरकार मानिने निजामती कर्मचारीका सम्बन्धित जिम्मेवार पदाधिकारीलाई समेत संलग्न नहुन सचेत गराएको छ । एमालेले अहिलेको सरकारले गरेका निर्णय कार्यान्वयन हुन नदिने चेतावनी पनि दिएको छ ।

‘नेपाली जनताले वाम गठबन्धनलाई दुई तिहाई बहुमतको समर्थन प्रदान गरी निर्वाचित गरेको आजको सन्दर्भमा यस्ता जुनसुकै निर्णयको निरन्तरता नयाँ सरकारले किमार्थ नदिने समेत सबैमा स्पष्ट गर्दछौं’ विज्ञप्तीमा भनिएको छ ।

निर्वाचनमा लज्जास्पद हार वेहारेको नेपाली कांग्रेस नेतृत्वको सरकारले फेरी पनि यस्तै गतिविधि गरेर कांग्रेसको साख झन गिराएको प्रतिक्रिया समाजिक संजालमा आएका छन् ।

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी