निर्वाचनको नतिजा अन्तिम चरणमा, बाम गठबन्धनलाई दुई तिहाई, कांग्रेस तेश्रो

114 Hits

काठमाडौं, २५ मंसिर/


मंसिर १० र २१ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ । अहिले सम्म १ सय ५० सिटको घोष्णा भइसकेको छ । घोषीत परिणाममा बाम गठबन्धनले दुईतिहाई सिटमा विजय हासिल गरेको छ । घोषीत परिणाम अनुसार नेकपा एमालेले ७५ सिटमा विजय हासिल गरेको छ भने नेकपा माओवादी केन्द्रले ३३ सिटमा विजय हासिल गरेका छन् भने यस अघि सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेसले २१ सिटमा मात्रै विजय हासिल गरी तेश्रो स्थानमा झरेको छ ।

परिणाम घोषणा गर्न बाँकी स्थानहरुमा पनि एमाले ६ स्थानमा अग्रता कायम गरिरहेको छ भने माओवादी ३ स्थानमा अगाडि रहेको छ ।
यसैगरी प्रदेश सभाको निर्वाचनमा पनि बाम गठबन्धनले नै दुई तिहाई सिटमा विजय हासिल गरेको छ । प्रदेश सभामा पनि एमालेले सबैभन्दा धेरै १ सय ५६ सिटमा विजय हासिल गरेको छ भने माओवादी केन्द्रले ६७ स्थानमा विजय हसिल गरेको छ ।

त्यसैगरी कांग्रेसले ३७ सिटमा विजय हासिल गरी तेश्रो स्थानमा सिमित भएको छ । परिणाम घोषणा हुन बाँकी रहेका स्थानहरुमा पनि एमाले १० स्थानमा र माओवादी ७ स्थानमा अग्रता लिएर अगाडि वढिरहेका छन् भने नेपाली कांग्रेसले ७ स्थानमा अग्रता लिइरहेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी