ह्याभि वेट नेताहरुलाई कसले हरायो ?

101 Hits

काठमाडौं, २४ मंसिर

लोकतान्त्रिक प्रणालीमा निर्वाचन जित्नका लागि जनताको फैसला वाहेक अरु कुनै कुरा निर्णायक हुदैन भन्ने कुरा पटक पटकका निर्वाचनले पुष्टि गरिसकेका छन् । राजनीतिमा विभिन्न कारणले माथिल्लो तहमा पहुँच बनाएर राज्यको महत्वपूर्ण ओहोदामा बसेकाहरुले पनि जनताको मन जित्न सकेनन् भने ति जतिसुकै ठूला भनिएका हुन् उनीहरुले हार व्योहोर्नु परेका धेरै दृष्टान्तहरु छन् ।

यसपटकको निर्वाचनमा पनि यस अघिका धेरै निर्वाचन जितेका ह्याभि वेट भनिएका नेताहरुले हार व्योहोरेका छन् । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले यसअघि पटक पटकका निर्वाचनमा जित हासिल गरेपनि यसपटकको निर्वाचनमा भने नेकपा (एमाले)का कृष्ण कुमार श्रेष्ठ ‘किसान’ले कांग्रेस नेता पौडेललाई ६,४१४ मतले पछि पार्दै विजय हासिल गरेका छन् । यसअघि उक्त क्षेत्रमा सधै नेपाली कांग्रेसका तर्फबाट नेता पौडेलले जित हात पारेका थिए ।

यसैगरि नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले पनि नेकपा (एमाले)का नेता लालबाबु पण्डित संग ६७५ मत अन्तरले हार व्योर्होनु परेको छ । कांग्रेसको कोइराला परिवारको विरासत बोकेका भनिएका कांग्रेसका प्रभाबशाली नेता कोइरालाको हारलाई पनि कांग्रेस वृत्तमा ठुलै झट्काका रुपमा लिइएको छ । धनुषामा आफ्नो वर्चश्व राख्ने कांगेस नेता विमलेन्द्र नीधि हुन् वा नुवाकोटका रामशरण महत । प्रधानमन्त्री पत्नि डा. आरजु देउवा हुन् वा नेता कृष्ण सिटौला । यि नेताले आफु भन्दा कम आँकेका प्रतिस्पर्धी संग हार व्यहोरेका छन् ।

बामगगठबन्धनले देशव्यापी जित हसिल गरिरहेका बेला पुर्व प्रधानमन्त्रीद्धय एमाले उपाध्यक्ष बामदेब गौतम र नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भने पराजय व्यहोर्नुपर्यो । गौतमलाई नेपाली कांग्रेसका सञ्जय गौतमले पराजीत गरे भने श्रेष्ठलाई पुर्व माओवादी नेता तथा नयाँ शक्ति संयोजक डा. बाबुराम भट्टराईले पराजित गरे ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी