यसरी पुग्छ बामगठबन्धनको दुई तिहाई

194 Hits

– सुदन रेग्मी-

मंसीर १० र २१ ग्ते सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनको परिणाम आइरहेको छ । घोषीत परिणम लाई हेर्ने हो भने बाम गठबन्धनको प्रत्यक्षमा मात्रै दुई तिहाई आउँछ र कुलमा दुई तिहाई आउन सक्दैन भन्ने प्रतिक्रियाहरु सामाजिक संजाल र मिडियाहरुमा सुन्ने गरिएको छ तर यी तथ्यहरु हेरौं जसले बाम गठबन्धनको पक्षमा दुई तिहाई पुर्याउन गाह्रो छैन ।
१ संवैधानिक व्यवस्था अनुसार प्रत्यक्ष तर्फ १ सय ६५ सिट र ं समानुपातिकबाट १ सय १० सिट गरी २ सय ७५ सदस्यीय प्रतिनिधिसभा हुने ब्यबस्था छ , यसरी केन्द्र सरकार बनाउनको लागी २ सय ७५ को बहुमत १ सय ३८ सिट आवश्यक पर्छ ।
२. हालसम्मको नतिजा अनुसार एमालेले जितेको ५० सिट र ंमाओवादीको २० तथा अग्रता लिएको ३२ र १४ सिट गरी ४६ सिट छ १ यसरी प्रत्यक्षमा बाम गठबन्धनले जम्मा १ सय १६ सिट सिजीलै जित्ने छ ।
३. समानुपातिकमा कूल एक करोड ५४ लाख मतदातामध्ये एक करोड ५ लाख मत खसेको छ । यसका आधारमा समानुपातिक एक सिटका लागि कम्तीमा एक लाखको आसपासको मत ल्याउनु पर्ने हुन्छ, हालसम्मको नतिजा हेर्दा बाम गठबन्धनको करिब ५० प्रतिशत यानेकी ५५ लाख मत ल्याएर ५५ जना सांसद समानुपातीकबाट आउने सम्भाबना रहन्छ १
४. प्रत्यक्ष र समानुपातिक गरी १ सय ७१ सिट हुन आउँछ । दुई तिहाई अर्थात १ सय ८३ सिट पुर्याउनको लागि बाम गठबन्धनलाई थप १२ जना सांसद आवश्यक पर्न सक्छ । नया शक्ति राजमो, स्बतन्त्र र नेमकिपालाई साथमा लिएर दुई तिहाई सजीलै पुग्ने देखिन्छ ।

 

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी