बाम गठबन्धनको अगुवा जिल्ला लमजुङले गर्यो क्लीनस्वीप, को को हुन् क्लीन स्वीप गर्ने ?

659 Hits

काठमाडौं, २३ मंसीर ।
देशभर बाम गठबन्धनको पक्षमा माहौल खडा भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनले एक पछि अर्को गदैृ प्रत्यक्ष तर्फ करिब दुई तिहाई पुर्याउने सम्भावना वढिरहेका बेला बाम गठबन्धनको अगुवा जिल्ला लमजुङगमा प्रतिनिधि र प्रदेश सभाका सबै सिट बाम गठबन्धनले जितेको छ ।
स्थानिय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेससँग देशव्यापी तालमेल भइरहेका बेला ‘एन्टीकरेन्ट’ चलाउँदै नेकपा माओवादी केन्द्र र एमालेको बाम गठबन्धन बनाउँदै चुनावमा होमएिको लमजुंग जिल्लामा प्रतिनिधि सभा तर्फ माओवादी केन्द्रका सचिवालय सदस्य तथा पुर्व मन्त्री देब प्रसाद गुरुङ ३९ हजार ४ सय ६८ मतका साथ विजयी बनेका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका दिलबहादुर घर्तीले ३१ हजार ६७ मत मात्र प्राप्त गरे ।

घर्तीलाई ८७०१ मतान्तरले हराई गुरुंग विजयी भइरहँदा प्रदेश सभा क र ख मा पनि बाम गठबन्धनका तर्फबाट एमालेका धनन्जय दवाडि र पृथ्वी सुब्बा गुरुंगले बाजी मारेका छन् । दवाडि लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका गर्जबहादुर गुरुङलाई ६ हजार ४१२ को फराकिलो मतान्तरले पराजित गर्दै प्रदेशसभा क मा विजयी भएका हुन् । दवाडिले २० हजार २६५ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी गुरुङले १३ हजार ८५३ मत पाएका छन् । ५४ हजार ८९७ मतदाता रहेको लमजुङ प्रदेश ‘क’मा ३६ हजार ६८ मत खसेको थियो ।
त्यसैगरी प्रदेश सभाअन्तरगत ख मा एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन् । गुरुङले २३ हजार ८८ मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कृष्णप्रसाद कोइरालाले १५ हजार १०२ मत पाएका छन् । उनी ७ हजार ९८६ मतान्तरले विजयी भएका हुन् ।
एमालेका केन्द्रीय सचिव समेत रहेका पृथ्वीसुब्बा गुरुङलाई प्रदेश नम्बर–४ को सम्भावित मुख्यमन्त्रीका रुपमासमेत हेरिएको छ । उनले नेपाल सरकारको पुर्व पर्यटन मनत्री समेत भएर काम गरिसकेका छन् । उनी लामजुङका स्थापित र सक्रिय बाम नेताका रुपमा स्थापित छन्

को हुन् देब गुरुंग ?

मनाङको नासोङ गाउँपालिका–४ ओडारमा जन्मिएका गुरुङ माओवादी केन्द्रका कार्यालय सदस्य हुन् ।

वि।सं। २०३८ सालमा नेकपा मसालको केन्द्रीय सदस्य बनेका गुरुङ २०४० सालमा अखिल आठौंको केन्द्रीय अध्यक्ष बनेका थिए ।

२०४७ सालको पार्टी एकतापछि नेकपा एकता केन्द्रको केन्द्रीय सदस्य बनेका गुरुङ २०४८ सालमा ‘एक वाम एक ठाम’को नारासहित संयुक्त जनमोर्चाबाट लमजुङ क्षेत्र नम्बर–१ मा निर्वाचन लडेका थिए ।

२०५१ सालमा पार्टीको पोलिटब्यूरो सदस्यमा निर्वाचित गुरुङले २०५३ देखि २०५७ सालसम्म ९४ वर्ष० जेलजीवन बिताए ।

माओवादी जनयुद्धको समयमा भूमिगत रहेका गुरुङ २०६१ सालमा पार्टीको स्थायी समिति सदस्य, २०६२ सालमा नेकपा माओवादीको तर्फबाट दोस्रो वार्ताटोलीको सदस्य बनेर काम गरे ।

माओवादी शान्ति–प्रक्रियामा आएपछि २०६४ सालमा अन्तरिम विधायक संसदको सदस्य तथा संसदीय दलको उपनेता हुँदै २०६४–२०६५ सालसम्म स्थानीय विकासमन्त्री भएर काम गरे ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा मनाङ र कास्की–१ बाट निर्वाचित गुरुङ ०६५–२०६६ सम्म कानुन तथा न्यायमन्त्री भएका थिए ।

२०६६–२०६८ सालसम्म एनेकपा माओवादीको संसदीय दलको प्रमुख सचेतक रहेका गुरुङ मोहन वैद्यसँगै पार्टी फुटाएर हिँडेका थिए ।

वैद्य नेतृत्वको माओवादीमा रहँदा २०७० को संविधानसभा निर्वाचन बहिस्कार गरेका गुरुङ यसपटक भने मुल पार्टी माओवादीमा फर्किएर वाम गठबन्धनबाट उम्मेदवार बन्दै पुनः सांसदमा निर्वाचित भएका छन् ।

माओवादीभित्र वैचारिक नेताकारुपमा लिइने गुरुङले स्नातकोत्तरसम्म अध्ययन गरेका छन् ।

को हुन् दवाडी ?

लमजुङको विकट क्षेत्र दूधपोखरी गाउँपालिका–२ विचौरमा जन्मिएका दवाडी वामपन्थी आन्दोलनबाट राजनीतिमा उदाएका थिए । उनी हाल नेकपा एमाले लमजुङका अध्यक्षसमेत हुन् ।

वाल्यकालदेखि नै कम्युनिस्ट राजनीतिमा झुकाव रख्ने दवाडीले जनमतसंग्रहपछि वि।सं। २०३८ सालमा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य बनेर राजनीति सुरु गरेका थिए ।

उनलले २०४०र०४१ सालमा विद्यार्थी फेडेरेसन लमजुङको अध्यक्ष भएर काम गरेका थिए ।

पञ्चायतकालमा राजकाज अपराधको मुद्दा खेपेका दवाडीले पटक–पटक गरी करिब ४० दिन हिरासतमा बसेका थिए ।

बहुदल आएपछि राजनीतिसँगै शिक्षण पेसामा लागेका दवाडी २०४८ देखि २०५० सालसम्म नेपाल राष्ट्रिय शिक्षक संगठन, काठमाडौंमा क्रियाशील रहे ।

२०५४ मा तत्कालीन विचौर गाविसको अध्यक्षमा निर्वाचित भएसँगै नेकपा एमालेको जिल्ला कमिटी सदस्य हुँदै पार्टी जिम्मेवारीमा क्रियाशील रहँदैआएका छन् ।

नेपाली, संस्कृति र समाजशास्त्र गरेर तीन विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका दवाडीले केही समय शिक्षण पेसा र पत्रकारितासमेत गरेका थिए ।

एमालेको मुखपत्र ‘नवयुग’को माछापुच्छ्रे संस्करणको उपसम्पादक र ‘लमजुङ हाइलाइट’ साप्ताहिकको प्रकाशक–सम्पादक रहेर दवाडीले काम गरेका थिए ।

२०६९ देखि एमाले लमजुङको अध्यक्ष पदमा रहँदा स्थानीय तहमा बहुमत सिट जिताउन सफल दवाडी प्रदेशसभा ‘क’बाट वाम गठबन्धनका साझा उम्मेदवार हुँदै विजयी भएका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी