मतगणना सुरु भएका अधिकांश स्थानमा वाम गठबन्धनको अग्रता

84 Hits

 

काठमाडौं, २२ मंसीर प्रतिनीधिसभा तथा प्रदेश सभाको निर्वाचन २०७४ को मत परिणाम आउने क्रम जारी छ । दुई चरण गरि मंसिर १० र २१ गते सम्पन्न निर्वाचनको मत गणना हिजो साझँ ५ बजेपछि शुरु भएको थियो । मतगणना शुरु भएका निर्वाचन क्षेत्र मध्ये प्रतिनीधिसभा र प्रदेशसभाका केही उमेद्वारको मात्रै मत परिणाम आएको छ । हाल सम्मको परिणाम अनुसार प्रतिनीधि सभाको तिन स्थानको मत परिणाम मध्ये तिनै स्थान बामगठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन् । जसमा वाम गठबन्धनका तर्फबाट माओवादीकी नेतृ पूर्वी रुकुमकी कमला रोक्काले १०,४३४ मत ल्याएर विजयी हुनुभएकी छ । भने मनाङमा वाम गठबन्धनका तर्फबाट एमालेका पोल्देन छोपाङ गुरुङ र मुस्ताङबाट एमालेकै प्रेम प्रसाद तुलाचन विजयी हुनुभएको छ । भने प्रदेश सभा अन्र्तगत परिणाम आएका ७ स्थान मध्ये ६ स्थानमा वामगठबन्धनले र एक स्थानमा नेपाली कांग्रेसले जित हासिल गरेको छ । मतगणनाको प्रारम्भिक परिणाम अनुसार अधिकांस स्थानमा वाम गठबन्धनका उम्मेदवारहरुले अग्रता लिइरहेका छन् । निर्वाचनमा जानुअघि वाम गठबन्धनले बहुमत ल्याउने दावी र अड्कलवाजी गरिए पनि मतगणनाको प्रारम्भिक नतिजा हेर्दा दुई तिहाई मत वाम गठबन्धनले पाउने अपेक्षा वाम गठबन्धनका नेताहरुले बताइरहेका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी